दर्शकको मन जित्दै ‘घामपानी’ ट्रेलर

बिहिबार, १० चैत २०७३, १२ : १७ शुक्रवार , Kathmandu
दर्शकको मन जित्दै ‘घामपानी’ ट्रेलर

फिल्म समीक्षक दीपेन्द्र लामाले निर्देशन गरेको पहिलो फिल्म ‘घामपानी’ को ट्रेलरलाई दर्शकले रुचाएका छन् । अन्तरजातीय प्रेमकथाको मियोमा बनेको फिल्मको अघिल्लो हप्ता मात्र ट्रेलर रिलिज भएको थियो । दर्शक रुझानको आधार मानिँदै आएको युट्युबमा ट्रेलर नेपालको ट्रेन्डिङमा चौथो नम्बरमा छ । फिल्ममा दयाहाङ राई र केकी अधिकारी मुख्य भूमिकामा छन् । ‘पन्छी’ बोलको गीत रिलिज भएसँगै पर्दामा दुवैको केमेस्ट्री रुचाइएको छ । केही फिल्ममा सँगै काम गरे पनि जोडीको रूपमा दुवैले एकसाथ पहिलोपल्ट ‘घामपानी’मा अभिनय गरेका हुन् ।
तामाङ युवकले बाहुन युवती भगाएपछि पैदा हुने परिस्थितिलाई फिल्मले आफ्नो विषय बनाएको छ । फिल्म निर्माणमा निर्देशक लामालाई अर्का निर्देशक रामबाबु गुरुङले सघाएका छन् ।
फिल्ममा अभिनेता दयाहाङ राई, केकी अधिकारीसँगै अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, बुद्धि तामाङ (हैट), कविता आले, अरुणा कार्की, मणिराम पोखरेल, अमोघ पोखरेल, प्रेमवर्षा खड्का र सभ्रान्त थापा लगायतले अभिनय गरेका छन् । नयाँ वर्षको दिन रिलिज हुने फिल्ममा कालीप्रसाद बास्कोटा र चन्द्रकुमार दोङले संगीत दिएका छन् । शैलेन्द्रध्वज कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।  

 

Leave A Comment