‘मिस नेपाल’को आवेदन खुल्यो

बिहिबार, १० चैत २०७३, ०१ : ३७ शुक्रवार , Kathmandu
‘मिस नेपाल’को आवेदन खुल्यो

‘मिस नेपाल’ प्रतियोगिताका लागि आयोजक दी हिडन ट्रेजरले आवेदन खुला गरेको छ ।
‘मिस नेपाल २०१७ मा सहभागी हुन चाहने प्रतियोगीले आधिकारिक वेबसाइट मिस नेपाल डटकममा गएर फर्म भर्न सक्नेछन्,’ द हिडन ट्रेजरका गोपालसुन्दरलाल कक्षपतिले भने, ‘फाइनलमा बढीमा २० जना प्रतियोगी सहभागी हुनेछन् । चैत मसान्तबाट अडिसन सुरु गर्नेछौँ ।’
प्रतियोगितामा १९ देखि २४ वर्षका ५ फिट ४ इन्च उचाइ भएका अविवाहित प्लस टू अध्ययन सिध्याइसकेका नेपाली नागरिकतासहित नेपाली पासपोर्ट भएका युवतीले आवेदन दिन सक्ने मापदण्ड आयोजकले तोकेको छ । अडिसन राजधानी, धरान, विराटनगर, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा हुनेछ । अडिसनबाट छनोट भएका प्रतियोगीलाई कोरियोग्राफर रचना गुरुङ शर्माले छ साताको व्यक्तित्व विकासको प्रशिक्षण दिनेछिन् । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा जेठ १९ गते राजधानीको अन्नपूर्ण होटलमा हुनेछ । मिस नेपालको यो बाइसौँ संस्करण हो ।

Leave A Comment