चर्चामा पनि, ओझेलमा पनि

शनिबार, १२ चैत २०७३, १० : ४२ शुक्रवार , Kathmandu
चर्चामा पनि, ओझेलमा पनि

जब–जब फिल्म रिलिज भयो, अभिनेत्री मेनुका प्रधानको चर्चा हुन्छ । छोटो भूमिका होस् वा लामो, फिल्ममा मेनुकाले ध्यान तानेकै हुन्छिन् । जति धेरै कलाकार हुन्, अन्त्यमा दर्शकको मुखमा मेनुकाकै नाम हुन्छ । तर, फिल्म उत्रिएसँगै मेनुकाको नाम कतै सुनिन्न ।
अघिल्ला वर्षका फिल्ममा मेनुकाको कामको तारिफ नगर्ने कोही थिएनन् । तर, गत सालका अवार्डमा अवार्ड पाउनु त कता हो कता, मेनुका मनोनयनमा सम्म परेको देखिएन । यो साल पनि मेनुकाको ‘पुरानो डुंगा’को अभिनयले धेरैको मन जितेको छ । तर, अघिल्ला वर्षका अवार्डझैँ यो साल पनि उनले अवार्ड त परेको कुरा, मनोनयनमा सम्म पनि नअटाउने सम्भावना छँदैछ । कतिपय अभिनेत्रीहरूका न त फिल्म चलेका छन् न त अभिनयकै चर्चा हुन्छ तर पनि अवार्ड होस् वा अखबार, उनीहरूकै हालीमुहाली हुन्छ । तर, राम्रो काम गरेर मेनुका सधैँ चर्चामा पनि छिन् र ओझेलमा पनि । मेनुकाले आफू ओझेलमा पर्नुको कारण केलाउने पो हो कि ?

Leave A Comment