महासंघ रिपब्लिका अध्यक्षमा दाहाल

शनिबार, १२ चैत २०७३, ११ : २६ शुक्रवार , Kathmandu
महासंघ रिपब्लिका अध्यक्षमा दाहाल

नेपाल पत्रकार महासंघ रिपब्लिका प्रतिष्ठान शाखामा अशोक दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । मंगलवार भएको निर्वाचनमा उपाध्यक्ष खुलामा ज्ञान न्यौपाने र  महिलामा अञ्जली सुवेदी, सचिवमा दीपक खरेल, सहसचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा विष्णु भट्टराई निर्विरोध भएका हुन् । कार्यसमिति सदस्यमा अभिषेक सुवेदी सर्वसम्मत विजयी भए ।
त्यस्तै केन्द्रीय सभासद्मा दीपक दाहाल, मणि दाहाल, कृष्ण ढुंगाना र सन्तोष न्यौपाने विजयी भएका छन् । महिला सभासद्मा पवित्रा सुनार निर्विरोध विजयी भइन् । प्रदेश सभासद्मा रुबी रौनियार, मदन चौधरी, कुलचन्द फोम्बो, महावीर पौड्याल, सुशील पोखरेल र लक्ष्मण वियोगी सर्वसम्मत चयन भएका छन् ।

 

Leave A Comment