चरम सुख दिने प्रविधि बन्दै

शनिबार, १९ चैत २०७३, १२ : १४ शुक्रवार , Kathmandu
चरम सुख दिने प्रविधि बन्दै

म २५ वर्षीय अविवाहित युवा हुँ । मेरो लिंगको साइज सानो र छोटो छ जस्तो लाग्छ । सानो र छोटो लिंग हुनेले यौन पार्टनरलाई सन्तुष्टि दिन सक्छन् कि सक्दैनन् ?
बी

तपाईंले प्रश्नमा लिंगको साइज सानो र छोटो छ जस्तो लाग्छ भनेर मात्र उल्लेख गर्नुभएको छ । यसको आधारमा तपाईंको लिंगको साइज थाहा पाउन सकिँदैन । तपाईं लिंगको साइज र लम्बाइ सामान्य भए पनि तपाईंलाई त्यस्तो लागेको हुन सक्छ । अहिले मानिसहरू धेरैभन्दा धेरै यौन सन्तुष्टि कसरी पाउन सकिन्छ भन्ने कुरामा चासो राख्ने गर्छन् । कतिले त यौन सन्तुष्टि पाउने नाममा लिंगको आकार बढाउनुपर्छ भन्ने ठान्छन् । सञ्चारमाध्यममा गरिने यौन स्वास्थ्यसम्बन्धी विज्ञापनको आधारमा लिंगको आकार बढाउन औषधिसमेत प्रयोग गर्छन् ।
लिंगको आकार ठूलो हँुदैमा यौन सन्तुष्टि मिल्ने कुरा गलत भएको मेडिकल साइन्सले पुष्टि गरिसकेको छ । यौनविद् रुसेल आइसम्यान्सले १८ देखि २५ वर्षका महिलाहरूमा लिंगको लम्बाइ र चौडाइले यौन सन्तुष्टिमा कस्तो प्रभाव पार्छ भन्ने कुराको अनुसन्धान गरेका थिए । उनीहरूले यौन आनन्दमा लिंगको आकारले कुनै प्रभाव नपार्ने बताएका थिए । लिंग जत्रो भए पनि योनिको क्लिटोरिसमा घर्षण हुँदा महिलाले यौन आनन्द पाउँछन् ।
पुरुषहरू आफ्नो लिंगको आकार सानो भएको कुराले धेरै तनावमा हुने गरेको पाइएको छ । अझ ब्लू फिल्ममा जस्तै पुरुषको लिंग मोटो र लामो हुनुपर्छ भन्ने धारणा बनाउँछन् उनीहरू । अमेरिकामा  गरिएको एक अनुसन्धानअनुसार पुरुषको उत्तेजित नभएको लिंगको लम्बाइ ३.४ देखि ३.७ इन्च  र उत्तेजित लिंगको लम्बाइ ५.१ देखि ५.७ इन्च हुन सक्ने जनाएको छ । यौन सन्तुष्टि लिंगको आकारभन्दा पुरुष महिलाबीचको प्रेममय क्रिडामा भर पर्छ ।
बजारमा लिंग बढाउने नाममा धेरै किसिमका साधन पाइन्छन् । तीमध्ये पम्पहरू बढी प्रचलित छन् । तर, पम्प प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ । नत्र यसले लिंगलाई चोट पु¥याउनसक्छ ।
लिंगको आकार ठूलो हुँदा महिलालाई समस्या हुन सक्छ । ठूलो लिंग योनिभित्र बलपूर्वक छिराउँदा योनिमा चोट पुग्न सक्छ । लामो लिंग महिलाको योनिको भित्रसम्म पुग्ने र अझ बलपूर्वक सम्भोग गर्दा महिलालाई पीडा हुनुका साथै रक्तस्राव पनि हुन सक्छ । त्यसैले ठूलो र मोटो लिंगले महिलालाई चरम यौन आनन्द दिन्छ भन्नु गलत हो ।
लिंगको लम्बाइ र मोटाइ भनेको शारीरिक कुरा मात्र हो । तर, यौन सन्तुष्टि भनेको मानसिक र भावनात्मक कुरा हो । महिलाको सुन्दर जिउडालले मात्र पुरुषलाई यौन आनन्द दिन सक्दैन । न पुरुषको बलिष्ठ शरीरले नै महिलालाई सन्तुष्ट पार्न सक्छ । सम्भोग एक कला हो । सम्भोगअघि प्राक्क्रीडालाई धेरै समय दिनुपर्छ । हतार–हतार आफ्नो आकांक्षा तृप्त गर्नुलाई सम्भोग भनिँदैन, जुन एकतर्फी हुन्छ । सम्भोगमा दुवैको सहभागिता बराबर चाहिन्छ ।
महिलाको चरम सुख
यौन सम्पर्कको बेलामा प्राप्त हुने चरम सुख अर्थात् अग्र्याजमको विÈयमा विभिन्न विवाद नभएका होइनन् । यस विÈयमा विभिन्न खालका धारणा तथा परम्परागत विश्वास रहेका छन् । महिलाले कहिल्यै चरम सुख प्राप्त गर्दैनन् भन्ने मत पनि छ । महिलाले चरम सुख प्राप्त गर्न अपनाउनुपर्ने विधिका विÈयमा फरक–फरक धारणा पाइन्छन् । तर, सम्भोगका बेला पुरुÈलाई जति छिटो चरम सुख प्राप्त हुन्छ, महिलालाई यस्तो सुख ढिलो गरेर प्राप्त हुन्छ ।
महिलाको योनिभित्र जीस्पट हुन्छ भन्ने वैज्ञानिक रूपमा पुष्टि भइसकेको छ । योनिभित्र हुने यो स्थान निकै संवेदनशील Ôेत्र हो । यही Ôेत्रमा घर्Èण पैदा भएस“गै महिलालाई चरम सुख प्राप्त हुन्छ । तर, यो योनिभित्र ठीक कुन भागमा हुन्छ भन्ने कुराको यकिन भने गर्न सकिँदैन ।
चरम सुखका बेला महिलाको मस्तिष्कको अधिकांश भाग निष्क्रिय हुन्छ । वैज्ञानिकहरूले गरेको अनुसन्धानले के देखाएको छ भने जब मान्छेको दिमागमा सेक्सले ठाउ“ पाउ“छ, अरू विÈय स्वतः निष्क्रिय हुन्छन् । अझ चरम सुखका बेला त संवेदनाको अनुभूति गर्ने Ôेत्रसमेत निष्क्रिय हुन्छ ।
धेरै महिलाले चरम सुख प्राप्त गर्न सक्दैनन् । अमेरिकामा गरिएको एक सर्भेÔणले ४३ प्रतिशत अमेरिकी महिलामा यस्तो समस्या भएको देखाएको थियो । यसको निष्कर्È के हो भने पुरुÈको तुलनामा अत्यधिक महिलामा यौन सुख प्राप्त नगर्ने जैविक कमजोरी नै हुन्छ ।
चरम सुखलाई वंशाणुले फरक पार्छ । अनुसन्धानअनुसार चरम सुखमा हुने ४५ प्रतिशत विविधता वंशाणुकै कारण हुन्छ । कतिपय महिलाले सम्भोगका बेला चरमसुख पाउन सक्दैनन् र केहीलाई हस्तमैथुन गर्दा पनि यौनसुखको अनुभूति हु“दैन, यसो हुनुमा वंशाणुगत कारण मुख्य हुन्छन् ।
चरम सुख दिने प्रविधि बन्दै छ । जैविक कारणले नै चरम सुख पाउनबाट वञ्चित महिलालाई यौन सुखको अनुभूति दिलाउन वैज्ञानिकहरूले प्रविधिको विकास गरिरहेका छन् । यौन उत्प्रेरकको काम गर्ने यस्तो प्रविधि महिलाको ढाडभित्रको नसामा जोडिनेछ, जसले  चरम सुख प्राप्त नहुने समस्या समाधान गरिदिनेछ ।

Leave A Comment