निशाको ‘शाकाहारी’ घोषणा

बिहिबार, १६ असार २०७३, ०६ : १९ शुक्रवार , Kathmandu
निशाको ‘शाकाहारी’ घोषणा

नयाँनयाँ फन्डा गरेर चर्चामा छाइरहने अभिनेत्री हुन्, निशा अधिकारी । उनी कहिले कपाल खौरिएर त कहिले पत्रकारलाई गाली गरेर चर्चामा आइन् । यिनै निशाले यतिखेर अर्को नयाँ घोषणा गरेकी छिन्– जीवनभर शाकाहारी हुने घोषणा । सात महिनासम्म मासु नखाएपछि आफूलाई शाकाहारी बन्ने घोषणा गर्न आत्मविश्वास जागेको उनले आफ्नो फेसबुक पेजमा जनाएकी छिन् । उनको निर्णयको धेरैले प्रशंसा गरेका छन् । केहीले भने आश्चर्यसमेत प्रकट गरेका छन् । निशाले हालै रोज राणाको निर्देशनमा बनिरहेको फिल्म ‘पर्शुराम’मा अभिनय गरेकी छिन् । यही फिल्मबाट विराज भट्ट नेपाली फिल्ममा कमब्याक हुँदै छन् ।

Leave A Comment