प्रियंकाको बिहे गर्ने रहर !

बिहिबार, १६ असार २०७३, ०६ : २९ शुक्रवार , Kathmandu
प्रियंकाको बिहे गर्ने रहर !

सबैलाई थाहा छ– रोचक मैनालीसँग डिभोर्स गरेपछि यतिबेला अभिनेत्री प्रियंका कार्की सिंगल छिन् । तर, उनमा पुनः बिहे गर्न रहर पलाउन थालेको उनी निकट स्रोत बताउँछ । भर्खरै हास्य अभिनेत्री दीपाश्री निरौलाले निर्देशन गरिरहेको फिल्म ‘६क्का ५न्जा’को एक गीतको सुटिङमा उनले त्यस्तै संकेत देखाएको खबर प्राप्त भएको छ । खबरअनुसार प्रियंकाले ‘देख न चम्पा’ बोलको गीतको सुटिङका क्रममा सिउँदोभरि सिन्दुर लगाएकी थिइन् । ‘फेरि रहर लाग्यो’ भन्ने खालको अभिव्यक्ति उनले त्यहाँ दिएको स्रोतको दाबी छ । बताइएअनुसार प्रियंकाले योभन्दा अघि कुनै पनि फिल्ममा सिन्दुर लगाएकी थिइनन् । यो फिल्ममा भने निर्देशकको अनिवार्यता नहुँदाहुँदै पनि उनले सिन्दुर लगाएको बताइएको छ । के साँच्चिकै बिहे गर्ने रहर पलाएको हो त ? चाँडै उनको प्रतिक्रिया आउने आशा गरौँ ।
तस्बिर सौजन्य : श्रीधर पौडेल (अनलाईनखबर डटकम)

 

 

Leave A Comment