दयाहाङलाई अफरैअफर

बिहिबार, १६ असार २०७३, ०६ : ३० शुक्रवार , Kathmandu
दयाहाङलाई अफरैअफर

पत्याउनुहुन्छ ? अभिनेता दयाहाङ राईलाई २० दिनमा करिब ३५ वटा फिल्मको अफर आएको छ । उनले शुक्रवारसँगको कुराकानीमा यो कुरा खुलाए । दयाहाङ पछिल्लो समय सबैभन्दा व्यस्त कलाकारमा गनिन्छन् । बलियो अभिनयका कारण दर्शकको मन जितिरहेका उनलाई युरोपमा ‘लप्पन ६प्पन’को सुटिङ सकाएर फर्किसकेपछि यत्रो अफर आएको बताइएको छ । धेरै निर्माताहरू अग्रिम पैसा दिएर उनकै समयअनुसार सुटिङ थाल्न तयार रहेको समेत बुझिएको छ । दयाले आफू वैशाखसम्म निकै व्यस्त रहने बताएका छन् । यो अवधिमा उनले सातवटा फिल्म सकाउनेछन् । साउन पहिलो सातादेखि उनी ‘लुट–२’ को छायांकनमा व्यस्त हँुदै छन् । त्यसपछि फिल्म समीक्षक दीपेन्द्र लामाको फिल्म र निश्चल बस्नेतको फिल्म ‘दिमाग खराब’ उनले गर्ने दुई प्रोजेक्ट हुन् । ‘यसरी आउनु मेरा लागि त फाइदाकै कुरा होला,’ दयाहाङ भन्छन्, ‘तर, यस्तो हुनुमा फिल्म बनाउन निर्माताको हतारो पनि देखिन्छ । अहिले चलिरहेको फिल्मको प्याटर्नलाई उनीहरूले पछ्याउन खोजेजस्तो लाग्छ ।’

 

Leave A Comment