महिलाले धेरै हेर्छन् पोर्न

सोमबार, २८ चैत २०७३, ०१ : ०७ शुक्रवार , Kathmandu
महिलाले धेरै हेर्छन् पोर्न

स्मार्टफोनमार्फत इन्टरनेटमा पोर्न सामग्री हेर्ने मामिलामा महिलाहरू पुरुषभन्दा निकै अघि देखिएका छन् । लोकप्रिय पोर्न साइट पोर्नहबले जारी गरेको तथ्यांकअनुसार यसका ७१ प्रतिशत महिला प्रयोगकर्ताले स्मार्टफोनमार्फत पोर्न सामग्री हेर्ने गरेका छन् । जबकि, यो साइटमा स्मार्टफोनमार्फत पोर्न हेर्ने पुरुषको अनुपात त्यसभन्दा १६ प्रतिशतले कम छ ।
रिपोर्टअनुसार पोर्नहब साइट हेर्ने ८० प्रतिशत महिलाले स्मार्टफोन वा ट्याबलेटमार्फत पोर्न साइट हेर्न मन पराउँछन् । जबकि, स्मार्टफोनमा पोर्नहब साइट लगइन गर्न चाहने पुरुष ६९ प्रतिशत छन् ।
पोर्नहबका अनुसार उसका कुल प्रयोगकर्तामध्ये २६ प्रतिशत महिला छन् । रिपोर्टअनुसार स्मार्टफोनमा पोर्नहब हेर्ने महिलामध्ये ५३ प्रतिशत एन्ड्रोइड प्रयोगकर्ता छन् भने ४५ प्रतिशत एप्पल प्रयोगकर्ता ।
अमेरिकाको तथ्यांकअनुसार वाशिङ्टन डिसीमा पोर्नहबका महिला प्रयोगकर्तामध्ये ९४ प्रतिशत स्मार्टफोन प्रयोगकर्ता छन् । त्यस्तै, टेक्सासमा ९३ प्रतिशत तथा मिचिगनमा ९२ प्रतिशत पोर्नहब प्रयोगकर्ता महिलाले आफ्नो स्मार्टफोनबाट पोर्नहब लगइन गर्ने गरेका छन् ।
विश्वव्यापी रूपमा मोबाइलबाट पोर्न सामग्री हेर्ने महिलाको अनुपात सबैभन्दा धेरै भएको देश दक्षिण अफ्रिका हो । जहाँ अनलाइन पोर्न हेर्नेमध्ये ९१ प्रतिशतले महिलाले स्मार्टफोनबाट पोर्न हेर्ने गर्छन् ।
दोस्रो स्थानमा ८९ प्रतिशतसहित अमेरिका र तेस्रो स्थानमा बेलायत र पाकिस्तान समान ८६ प्रतिशत छन् । विश्वमा पोर्नहबका कुल प्रयोगकर्तामध्ये सयमा ७२ जनाले स्मार्टफोनबाट पोर्नहब हेर्ने गरेका छन् ।
पोर्नहबका महिला प्रयोगकर्तामध्ये ७१ प्रतिशतले स्मार्टफोनबाट, ८ प्रतिशतले ट्याबलेटबाट तथा २१ प्रतिशतले डेस्कटपबाट पोर्नहब हेर्ने गरेका छन् ।

 

Leave A Comment