एप्पलको आइफोन रेड भर्सन नेपालमा

बुधबार, ३० चैत २०७३, ०१ : १८ शुक्रवार , Kathmandu
एप्पलको आइफोन रेड भर्सन नेपालमा

केही दिनअघि मात्र विश्व बजारमा सार्वजनिक भएको आइफोनको विशेष संस्करण ‘आइफोन रेड’ नेपाली बजारमा आएको छ । नेपालका लागि आइफोनको आधिकारिक विक्रेता जेननेक्स्ट कम्युनिकेसनले आइफोन रेड नेपाल बजारमा बिक्री सुरु गरेको जनाएको छ ।
आइफोन रेड १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने संस्करणको मूल्य पनि यसअघिका ब्ल्याक, रोज गोल्ड, सिल्भर एडिसनकै बराबर तोकिएको छ अर्थात् रेड संस्करणका लागि ग्राहकले अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।
आइफोन रेड आइफोनका आधिकारिक विक्रेता ओलिज स्टोर, इभो स्टोर, फ्युचर वल्र्डबाट किन्न सकिनेछ । आइफोनसँगै सक्कली भ्याट बिल र एक वर्षको वारेन्टी प्राप्त गर्नका लागि केवल आधिकारिक आइफोन आधिकारिक वितरकबाट मात्र किन्नुपर्ने नेक्स्टले अनुरोध गरेको छ ।
ग्राहकले खरिद गरेको एप्पलका उत्पादनहरू आधिकारिक हुन वा होइनन् थाहा पाउनका लागि ग्राहकले यो वेबसाइट लिंक मागेर आइफोनको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्नु सक्नेछन् ।

 

 

Leave A Comment