आँखा कसरी स्वस्थ राख्ने ?

बुधबार, ३० चैत २०७३, ०१ : ३३ शुक्रवार , Kathmandu
आँखा कसरी स्वस्थ राख्ने ?

–लक्ष्मी महत, ब्युटिसियन   
उज्यालोको कम या बढी प्रयोगले हाम्रो आँखामा नराम्रो असर पार्छ । नजिकबाट किताब पढ्नु, टीभी हेर्नु र कम्प्युटरको प्रयोगले पनि आँखालाई हानि पुर्रयाउँछन् ।  आँखा जहिले पनि थकित देखिन्छन् । किताब पढ्दा होस् वा टीभी, कम्प्युटरको प्रयोग गर्दा, ६, ८ र १० इञ्चको दूरीबाट पढ्नु वा हेर्नुपर्छ ।
स्वस्थ आँखाका लागि सन्तुलित खाना जरुरी छ । हरियो सागपात बढीभन्दा बढी खानुपर्छ । हरियो सागले आँखाको ज्योति बढाउनका साथै आँखामा चमक पनि ल्याउँछ । यस्तै फलपूmलको प्रयोग पनि सक्दो बढी मात्रामा गर्नुपर्छ । हरियो सागपात र फललले आँखालाई रतन्धो रोगसँग लड्ने क्षमता प्रदान गर्छ ।
भिटामिन ‘ए’ आँखालाई चाहिने अत्यावश्यक भिटामिन हो । बटर, पनिर, दूधजस्ता दुग्ध पदार्थ र गाजर, गोलभेँडा, ब्रोकाउली, फर्सीजस्ता तरकारीमा भिटामिन ‘ए’ प्रशस्त मात्रामा पाइन्छ । फलफूलमा मेवा, आँप, एभोकाडो, एप्रिकोट भिटामिन ‘ए’ का प्रमुख स्रोत हुन् । भिटामिन ‘बी’को कमीले गर्दा आँखामुनि रातो हुने, सुन्निने अथवा मसिनो दाना आउनेजस्ता समस्या देखा पर्छन् । हरियो सागपात, दूध, कलेजो, अण्डा, माछा आदि भिटामिन ‘बी’का प्राकृतिक स्रोत हुन् ।
हरियो सागपात र फलफूलको प्रयोगसँगै आँखालाई स्वस्थ राख्न व्यायाम पनि जरुरी हुन्छ । हरेक दिन हलुका व्यायाम गरेर आँखालाई स्वस्थ बनाउन सकिन्छ । आँखाको व्यायाम गर्ने तरिका :
–कुनै पनि वस्तुलाई केन्द्रबिन्द बनाएर निश्चित दूरीमा राख्ने र एकनासले आँखा झिमिक्कै नगरी एक मिनेटसम्म हेरिरहने । यस्तो प्रक्रिया दोहोर्रयाइरहने ।
–टाउको नघुमाईकन आँखाको नानीमात्र तलमाथि गर्ने । एक छिन तल र एक छिन माथि गर्दै तीनदेखि पाँच मिनेटसम्म यस्तो गर्ने ।
–टाउको नघुमाईकन दाँयाबाट बाँया र बाँयाबाट दाँया घडीको उल्टो र सुल्टो दिशाजस्तै गरी एकदेखि दुई मिनेटसम्म आँखा घुमाउने ।
–आँखाको नानीलाई एकचोटि माथि त्यसपछि दायाँ, त्यसपछि बायाँ र पछि तल हेर्ने । यस प्रक्रियालाई १० पटकसम्म दोहोर्रयाउने ।
आँखाको स्याहारका लागि केही टिप्स
-विच हेजेल भएको गुलाबजललाई कपासमा राखेर १० देखि १५ मिनेट आँखामा राख्ने । यसले थकित आँखालाई आराम प्रदान गर्छ ।
-कोरेसोमा आलुलाई कोरेर आँखामा प्याक लगाउने । यस प्याकलाई २० मिनेटसम्म राख्ने र निकाल्ने । यसले आँखावरिपरि रहेको कालो घेरा (डार्क सर्कल) लाई कम गर्न मद्दत पु¥याउँछ ।
- काँक्रोलाई स्लाइस काटेर आँखामा राख्दा डार्क सर्कल कम हुन्छ र यसले आँखाको थकानलाई पनि मेटाउने काम गर्छ ।
- सातामा एकचोटि आइप्याकको प्रयोग गर्नुपर्छ ।
- राति सुत्नुअघि रोगन बाम तेलले आँखाको वरिपरि आँखीभाँै, परेलाको हल्का मसाज गर्ने ।

-हत्केलालाई मजाले रगडेर, तताएर आँखा सेक्ने ।

 

Leave A Comment