बेरोजगार राते काइँला

सोमबार, ११ बैशाख २०७४, ०१ : ०३ शुक्रवार , Kathmandu
बेरोजगार राते काइँला

एक समयका नम्बर वान भिलेन हुन्, सुनील थापा । वर्षमा बन्ने ४०/५० वटा फिल्ममध्ये ३०/३५ मा उनकै भूमिका हुन्थ्यो । अनौठो गरी नेपाली बोल्थे तर निर्माता–निर्देशकका रोज्जा अभिनेता थिए । अझ बलिउड फिल्म ‘मेरी कोम’मा अभिनय गर्न गएपछि त उनको चुरीफुरी नै बेग्लै थियो । ‘मेरी कोम’ रिलिज गर्न नेपाल आएका बेला थापाको धाक–रवाफ पत्रकारले पनि खुबै भोगेका थिए । ‘मेरी कोम’ रिलिजसँगै उनको चुरीफुरी गयो कि गएन ? थाहा छैन, तर उनका हातमा कुनै फिल्म देखिइरहेका छैनन् ।  ‘मेरी कोम’ रिलिज भएको दुई वर्ष बित्न लाग्दा पनि थापाले अर्को कुनै बलिउड फिल्ममा अभिनय गर्न लागेको खबर आएको छैन । उनको बलिउड यात्रा यतिबेला  ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी’ भनेझैँ भएको छ । न नेपालमा काम छ, न बलिउडमा ।
 

Leave A Comment