युट्युब एडसेन्समा नयाँ नीति

सोमबार, ११ बैशाख २०७४, ०१ : ०८ शुक्रवार , Kathmandu
युट्युब एडसेन्समा नयाँ नीति

गुगलले युट्युबको मोन्टाइजेसनका लागि नयाँ नीति ल्याएको छ । युट्युबमा एडसेन्समार्फत कमाइ गर्नेका लागि कम्पनीले कम्तीमा १० हजार भ्युअर्सको सीमा राखेको छ । १० हजार भ्युअर्स नपुगीकन भिडियोमा विज्ञापन नदेखिने युट्युबले जनाएको छ ।
अहिले विश्वभरि युट्युब व्यापार गर्ने माध्यम बन्दै गएको छ । विश्वभरि नै युट्युबमा च्यानल खोली रचनात्मक काम गरेर कमाइ गर्नेहरू बढेका छन् । त्यस्तै, कतिपयले अश्लीलता फैलाउने हिसाबले पनि युट्युबमार्फत व्यापार गरिरहेका छन् ।
अब १० हजार भ्युअर्स नपुगीकन कुनै पनि भिडियोमा विज्ञापन देखिने छैन । १० हजार पुगेपछि भने विज्ञापन स्वतः देखिने गुगलले जनाएको छ ।
युट्युबले सन् २००७ सालमा युट्युब पार्टनर कार्यक्रम सुरु गरेको थियो । वाईपीपी नामले चिनिने यो कार्यक्रममा कुनै पनि व्यक्तिले आफ्नो भिडियो अपलोड गर्न सक्छन् । त्यस्ता भिडियोमा युट्युबले विज्ञापन देखाउँदै आएको छ । उक्त विज्ञापनबाट उठेको केही अंश भिडियो राख्ने च्यानललाई पनि प्रदान गर्दै आएको छ ।
युट्युबले भिडियो हाल्ने च्यानलको वैधता जाँच्नका लागि १० हजार भ्युअर्सको सीमा तोकेको हो । उक्त समयसम्म च्यानलको वैधता जाँच्न पर्याप्त हुने ब्लगमा उल्लेख छ । युट्युबको मुख्य उद्देश्य उक्त च्यानलले युट्युबको दिशा निर्देश पालना गरेको छ कि छैन भनेर जाँच्नु हो । युट्युबको नीति अवलम्बन नगर्ने च्यानललाई बन्दसमेत गर्न सक्ने युट्युबले जनाएको छ ।

 

Leave A Comment