गर्भवती अवस्थामा यौन सम्पर्क नराख्नु बेस

शनिबार, १६ बैशाख २०७४, १२ : २५ शुक्रवार , Kathmandu
गर्भवती अवस्थामा यौन सम्पर्क नराख्नु बेस

गर्भवती अवस्थामा यौन सम्पर्क राख्न हुन्छ कि हुँदैन ?
टी

दम्पतीलाई गर्भावस्थामा यौन सम्पर्क राख्नुहुन्छ वा हुँदैन भन्ने कुरामा अन्योल हुन्छ । यस विषयमा परामर्श लिन अप्ठ्यारो मान्ने भएकाले उनीहरू वास्तविकताबाट वञ्चित हुन्छन् । नौ महिनासम्म यौन सम्पर्क राख्न नपाउँदा असहज लाग्नु स्वाभाविकै हो । तर, अरू अवस्थामा भन्दा गर्भावस्थामा यौन सम्पर्क राख्दा केही सावधानी अपनाएमा यौन आनन्द लिन सकिन्छ ।
गर्भावस्थामा प्रायः महिलालाई यौन इच्छामा कमी आउन सक्छ । केही महिलालाई भने यौन सम्पर्क राख्ने इच्छा बढेको पनि पाइएको छ । त्यतिबेला महिलाको पेट बढ्ने, वाकवाकी लाग्ने, बारम्बार पिसाब लागिरहने आदि हुनाले यौनप्रति त्यति चाहना हुँदैन । गर्भावस्थाको पहिलो तीन महिनामा यौन सम्पर्क राख्नु हुँदैन । त्यतिबेला गर्भपात हुन सक्ने खतरा हुन्छ । त्यस्तै, सात महिनापछि पनि यौन सम्पर्क राख्नु हुँदैन । यतिबेला बच्चाको तौल बढ्ने र हाडहरूको विकास पनि तीव्र रूपमा भइरहेको हुन्छ ।
तीन महिनादेखि सात महिनाका बीचमा बच्चालाई असर नपुर्याउने आसनमा मात्र सम्भोग गर्नुपर्छ । महिला माथि र पुरुष तल बसेर गर्ने आसन, महिलालाई पछाडिबाट सम्भोग गर्ने आसन गर्भवती महिलालाई लाभप्रद हुन सक्छ । यस बेला कन्डमको प्रयोग गरेर यौन सम्पर्क राख्दा भ्रुणमा इन्फेक्सन हुन दिँदैन ।  योनिबाट रगत बग्ने, तल्लो पेट दुख्ने आदि भएमा यौन सम्पर्क तत्काल रोक्नुपर्छ । श्रीमतीसँगको सरसल्लाह एवं समझदारीमा मात्र यौन सम्पर्क राख्नुपर्छ । यस बेला पुरुषले सावधानीपूर्वक यौन सम्पर्क राख्नुपर्छ । उत्तेजनामा आएर ख्याल नगरी कदापि सम्बन्ध राख्नु हुँदैन । पुरुष कुनै पनि हालतमा सभ्भोग गर्ने मनस्थितिमा प्रस्तुत भयो भने बच्चालाई चोट पुगेर गर्भ तुहिन पनि सक्छ । गर्भावस्थामा उत्तेजनामा आएर मुख मैथुन, गुदा मैथुन गर्नु राम्रो हुँदैन । सकेसम्म कम उत्तेजनामा र बढी प्रेमपूर्ण भएर यौन सम्पर्क राखेको राम्रो हुन्छ ।
पहिला गर्भ तुहिएकाले सावधानी अपनाउनुपर्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाहविना तीन महिनादेखि सात महिनाका बीचमा पनि यौन सम्पर्क राख्नु हँुदैन । यो कुरामा अत्यन्त संवेदनशील भएर ख्याल पुर्याउनुपर्छ । गर्भधारणपछि पनि तुरुन्तै यौन सम्पर्क राख्नु हुँदैन । अपरेसन गरेर बच्चा जन्माएको वा योनि च्यातिएर सिजरिङ गरेको हो भने चिकित्सकको परामर्शविना यौन सम्पर्क गर्नु हुँदैन ।

मेरो प्रेमी २४ वर्षको छ र म २० वर्षकी भएँ । उसको वीर्य स्खलन हुन तीनचार घण्टा लाग्छ । उसलाई म जसोतसो एक घण्टासम्म साथ दिन सक्छु । तर, त्यसपछि मलाई एकदमै गाह्रो हुन्छ । उसलाई के भएको होला ?
पी  
 
तपाईंको प्रेमीको जस्तो समस्या थोरैलाई हुन्छ । तपाईंको पार्टनरलाई ढिलो पतन भएको हुन सक्छ । सामान्यतया सम्भोग गर्दा पुरुष पाँचसात मिनेटमा चरमसुख प्राप्त गर्छ । तर, ढिला पतनको समस्या हुनेलाई चरम सुख प्राप्त गर्न धेरै समय लाग्छ, आधा घण्टादेखि एकदुई घण्टासम्म पनि ।
यौन इच्छा र लिंगको कडापन सामान्य मानिसको जस्तै भए पनि ढिला पतन भएको व्यक्तिको वीर्य स्खलन नै हुँदैन । यस्तो समस्या थोरै पुरुषलाई हुन्छ । ढिला पतनभन्दा शीघ्र पतनको समस्या हुने पुरुष धेरै छन् ।
ढिला पतनलाई वरदान मान्नेहरू पनि छन् । तर, यो एक समस्या हो ।   केही जोडी लामो समय यौन आनन्द प्राप्त गर्न ढिला पतनलाई सहायक मान्छन् । तर, सम्भोगमा धेरै तल्लीन रहँदा योनिमा घाउ हुने र दुख्ने समस्या निम्त्याउँछ ।
युके  सेक्सुअल डिस्फंक्सन एसोसिएसनका अनुसार ढिला पतनका कारण मानसिक चिन्ता, प्रोस्टेटसम्बन्धी शल्यक्रिया, उदासीनता, मदिरापान तथा केही औषधिको सेवन हुन् । शारीरिक थकान, सम्बन्धमा चिसोपन, यौन सम्पर्कमा राम्रो गर्न सक्दिनँ कि भन्ने चिन्ता आदि कारणले पनि ढिला पतन हुन्छ । यी विभिन्न कारण पहिचान गरी यसको उपचार गर्नुपर्छ ।
तपाईंको सेक्स पार्टनरले एकचोटि सेक्सोलोजिस्टसँग सम्पर्क गर्नु बेस हुन्छ ।

सहवासको अवधि लम्ब्याउन प्रयोग गरिने स्प्रेबारे सुनेको थिएँ । मेरो एकजना साथीले अहिले मलाई एउटा यस्तै स्प्रे दिएको छ । यसको प्रयोग गर्नु उचित होला कि नहोला ? पछि यसले कुनै समस्या त ल्याउँदैन ?
के

तपाईं प्रिम्याच्योर इजाक्युलेसनबाट ग्रस्त हुनुुहुन्छ भने स्प्रे प्रयोग गर्दा खासै फरक पर्दैन । तर, रमाइलोका लागि स्प्रे प्रयोग गर्दै हुनुहुन्छ भने तपाईंले आफ्नो यौन साथीलाई दुःख त दिनु हुन्छ नै, तपाईं आफूले पनि खासै आनन्द लिन सक्नुहुन्न । साथै, तपाईंको साथी गर्भवती हुनुहुन्छ, तपाईंलाई मुटुसम्बन्धी रोग या उच्च रक्तचाप छ भने यो प्रयोग गर्नै हुँदैन । यस्तो अवस्थामा यसले नराम्रो असर गर्छ ।
        

Leave A Comment