ग्यालेक्सी एस ८ र एस ८ प्लस नेपाली बजारमा

शनिबार, १६ बैशाख २०७४, १२ : ५० शुक्रवार , Kathmandu
ग्यालेक्सी एस ८ र एस ८ प्लस नेपाली बजारमा

सामसुङले ग्यालेक्सी एस ८ र एस ८ प्लस स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । यी स्मार्टफोन वैशाख २२ गतेबाट किन्न सकिने कम्पनीले जनाएको छ । एप्पलले ल्याउने फोनसँग प्रतिस्पर्धा गर्ने गरी यो स्मार्टफोन सार्वजनिक गरिएको कम्पनीको भनाइ छ ।
बजारमा ग्यालेक्सी एस ८ को मूल्य ८८ हजार ९ सय रुपैयाँ तोकिएको छ भने ग्यालेक्सी एस ८ प्लसको मूल्य ९८ हजार ९ सय रुपैयाँ रहेको सामसुङ नेपालका व्यापार प्रमुख प्रणयरत्न स्थापितले जानकारी दिए । ग्यालेक्सी एस ८ को स्क्रिन ५.८ इन्चको छ भने ग्यालेक्सी एस ८ प्लसमा ६.२ इन्चको रहेको कम्पनीले जनाएको छ । दुवै मोबाइलको छ महिनाका लागि इन्स्योरेन्सको व्यवस्था गरिएको छ ।
मोबाइलमा आठ महिनाका लागि आठ जीबीको डाटा प्याकको पनि सुविधा छ । प्रत्येक महिना एक जीबीको रूपमा आठ महिनासम्म आठ जीबी डाटा उपलब्ध गराउन लागेको कम्पनीले जनाएको छ । सामसुङको लोगोलाई फोनको फ्रन्टबाट हटाइएको छ । यसै गरी होम बटनलाई हटाएर एउटा आइकनलाई स्क्रिनमा लगाइएको छ । फोनका डिस्प्लेको १८ः५ः९ को अनुपातका कारण दुई एप ‘साइड बाइ साइड’ चलाउन र भिडियो हेर्न सकिन्छ ।
च्याटिङको कुनै पनि एपलाई एकै पटक चलाउन सकिन्छ । यी दुवै फोनका स्क्रिनको रिजलुसन पनि पहिलेजस्तै रहेको कम्पनीले जनाएको छ । सामसुङले ग्यालेक्सी एस ८ र एस ८ प्सलमा भिक्सभाय नामको एक नयाँ भर्चुअल असिस्टेन्ट प्रस्तुत गरेको छ । मोबाइलमा फ्रन्ट क्यामरा आठ मेगापिक्सल र पछाडिको क्यामरा १२ मेगापिक्सल रहेको छ । कम्पनीको दाबीअनुसार यसले खिचेको फोटोको सार्पनेस र कन्ट्रास्ट आकर्षक रहेको विज्ञप्तिमा उल्लेख छ ।

 

Leave A Comment