प्रियंकाको बचाउमा आयुष्मान

आइतबार, १७ बैशाख २०७४, ०१ : १९ शुक्रवार , Kathmandu
प्रियंकाको बचाउमा आयुष्मान

प्रेमका धेरै वटा लक्षण हुन्छन् । त्योमध्ये  एउटा हो, एउटालाई चोट लाग्दा अर्कोलाई दुख्ने ।  शहरका नयाँ लभ बड्र्स प्रियंका कार्की र आयुष्मानले यस्तै लक्षण देखाएका छन् ।  हालसालै प्रियंकासँग ‘डिप लभ’मा परेका आयुष्मानले खुल्लमखुल्ला प्रियंकाको बचाउ गर्दै आफू प्रियंकाको प्रेममा चुर्लुम्म डुबेको कुरा छताछुल्ल पारेका छन् ।  
हालसालै सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रियंका कार्कीलाई मेन्सन गर्दै एक शुभचिन्तकले उनको भविष्यको चिन्ता गर्दै लामै स्ट्याटस लेखे । प्रियंकाले आयुष्मानसँग हालेको फोटोमा प्रतिक्रिया दिँदै लेखेको स्ट्याटसमा उनले आयुष्मानको भर नपर्न सचेत गराएका थिए । स्ट्याटसमा उनले लेखेका थिए– ‘पारमिताजस्तो कुमारी केटीलाई त छोड्यो भने तपाईं त झन् डिभोर्सी पनि हुनुहुन्छ र जेठी पनि । ऊ परिपक्व हुँदा तपाईं बुढी भइसक्नुहुन्छ....त्यो दिनका लागि तयार रहनुहोला ।’
शुभचिन्तकको चासोलाई मुखभरिको जवाफ दिँदै आयुष्मानले पनि प्रेममा उमेरसुमेरभन्दा पनि विचार मिल्न आवश्यक रहेको बताएका छन् ।  हिन्दीमा एउटा उखान छ, ‘मिया बिबी राजी तो क्या करेगा काजी ।’
शुभचिन्तक महोदय, अब तपाईंले प्रियंकाको कुनै चिन्ता गर्नपर्दैन । जे गर्छन्, आयुष्मानले गर्छन् । तपाईं आफ्नै चिन्ता गर्नुस् ।

 

 

Leave A Comment