झुटो समाचार दिनेलाई कारबाही

आइतबार, १७ बैशाख २०७४, ०२ : १३ शुक्रवार , Kathmandu
झुटो समाचार दिनेलाई कारबाही

इन्टरनेटको सहज पहुँच र सामाजिक सञ्जालका कारण झुटो समाचार हालेर भ्रम फैलाउनेको संख्या बढ्दो छ । गलत समाचार हालेर अफवाह फैलाउन त्यस्ता न्युजपोर्टल, ब्लगलाई गुगलले निगरानी गर्ने भएको छ ।
त्यस्ताका विरुद्ध फेसबुकले नयाँ टुल्सको विकास गर्ने घोषणा गरिसकेको छ । अब गुगलले पनि गुगल न्युजमा आउने झुटा समाचार भेरिफाइ गर्न फ्याक्ट चेक ट्याग प्रयोगमा ल्याएको छ । यो सेवा सबै देशमा सार्वजनिक गरेको छ । यसअघि फ्याक्ट चेक अमेरिका र बेलायतमा मात्र लागू गरिएको थियो ।
गुगल न्युजमा अहिले फ्याक्ट जाँच्ने अप्सन देख्न सकिन्छ । त्यसकै माध्यमबाट झुटा वा सत्य समाचार पहिचान गर्न सकिन्छ । न्युज सर्च रिजल्टमा फ्याक्ट जाँचको लेभल पनि देखाउनेछ । आम मान्छेलाई सूचना सत्य हो वा झुटो हो सजिलै पता लगाउन यो फिचरको विकास गरेको गुगलले जनाएको छ ।
गुगलले यसका लागि पोलिफ्याक्ट र स्नोप्ससँग मिलेर काम गरिरहेको जनाएको छ । न्युज पब्लिसरसँग पनि सबै लेख वा समाचारको फ्याक्ट जाँच्न आग्रह गरिरहेको छ । यो फिचर गुगल आफैँले नभई थर्ड पार्टीले गरिरहेको छ ।

 

Leave A Comment