पर्दामा हिँडेरै अमेरिका पुग्नेको कथा

बिहिबार, २१ बैशाख २०७४, ०२ : ३४ शुक्रवार , Kathmandu
पर्दामा हिँडेरै अमेरिका पुग्नेको कथा

निर्देशक दीपेन्द्र के खनाल आफ्नो नयाँ फिल्ममा तीन पात्रलाई हिँडाएरै अमेरिका पुर्याउने तयारीमा जुटेका छन् । नाम नजुराइएको फिल्ममा निर्देशक खनालले अभिनेता खगेन्द्र लामिछानेसहित अन्य दुईलाई हिँडाएरै अमेरिका पुर्याउन लागेका हुन् । ‘वास्तवमा अमेरिकी जीवनको सपना बुन्दै अमेरिका जाने चाहना भएका तीन युवाको कथालाई फिल्ममा विषयवस्तु बनाइएको छ,’ निर्देशक खनालले भने, ‘तीन पात्रका सपना, मिलनबिछोड, दुःख, संघर्षलाई दर्शकले हेर्न पाउनेछन् ।’ निर्देशक खनालका अनुसार नेपालबाट छायांकन सुरु हुने फिल्म भारत, थाइल्यान्ड, ब्राजिल, कोलम्बिया, मेक्सिकोलगायत देश हुँदै अमेरिकाको टेक्सासमा पुगेर सकिनेछ ।
मंसिर १५ गतेबाट छायांकन सुरु हुने फिल्ममा खगेन्द्र मुख्य भूमिकामा देखिनेछन् । अन्य कलाकारको छनोट भइरहेको निर्देशक खनालले बताएका छन् ।

Leave A Comment