फेसबुक चलाउने २० करोड थपिए

शनिबार, २३ बैशाख २०७४, १२ : ३५ शुक्रवार , Kathmandu
फेसबुक चलाउने २० करोड थपिए

फेसबुक र म्यासेन्जरका प्रयोगकर्ताको संख्या १ अर्ब २० करोड पुगेको फेसबुक कम्पनीले जनाएको छ । ‘हामीसँग प्रत्येक महिना सक्रिय रूपमा फेसबुक तथा म्यासेन्जर  प्रयोगकर्ताको संख्या बढेर १ अर्ब २० करोड पुगेको छ,’ फेसबुक सेवाका प्रमुख डेभिड मर्केलले भनेका छन् । गत वर्षको जुलाईमा कम्पनीले गरेको एक अनुसन्धानले फेसबुक म्यासेन्जरको प्रयोगकर्ताको संख्या एक अर्ब पुगेको देखाएको थियो । यो संख्या बढेर १ अर्ब २० करोड नाघेको हो ।  
फेसबुकका प्रमुख एप चलाउने प्रयोगकर्ताको संख्या भने १ अर्ब ७४ करोड छ । फेसबुकको अर्को एप ह्वाट्सएप प्रयोगकर्ताको संख्या पनि एक अर्बभन्दा बढी छ । त्यसै गरी फोटो सेयरिङ एपको प्रयोगकर्ताको संख्या ६० करोडभन्दा बढी रहेको छ ।

 

Leave A Comment