पूजाको ‘स्टारडम’

शनिबार, २३ बैशाख २०७४, ०२ : २४ शुक्रवार , Kathmandu
पूजाको ‘स्टारडम’

‘थ्री लभर्स’मा सानो भूमिकामा अभिनय गरेकी थिइन्, पूजा शर्माले । उनको भूमिका कसैले ‘नोटिस’सम्म पनि गरेको थिएन । तर, निर्देशक सुदर्शन थापाले भीडमा पनि उनलाई चिने । त्यसयता निरन्तर उनलाई लिएर सुदर्शनले ‘मधुमास’, ‘चंखे शंखे पंखे’ र ‘प्रेमगीत’बनाए । तेस्रो फिल्म ‘प्रेमगीत’ले दुवैको साख बचायो । पूजाको डुब्न लागेको करिअर बौरियो । त्यसयता पूजाको चुरीफुरी हेर्नलायक छ । यसको नजारा हालसालै उनले विनाकाम मान्छे कुराएर देखाइदिइन् ।  
निर्माण टिमले पूजाकै जन्मदिन पारेर ‘म यस्तो गीत गाउँछु’को गीत रिलिज कार्यक्रम राखेको थियो । साँझ ५ बजे पत्रकारसहित सबैलाई निम्तो थियो । तर, ७ बज्दासम्म पनि कार्यक्रम सुरु हुने छाँट थिएन । दुई–दुई घण्टा कुर्दा पनि कार्यक्रम सुरु नभएपछि पत्रकारले चासो राख्दा थाहा भयो, निर्माण टिम पूजालाई कुरेर बसेको रहेछ । ७ बजेपछि पूजा ढल्कँदै आइन् र पोज दिन व्यस्त भइन् । पछि केक काट्नुअघि औपचारिक सम्बोधनमा पनि उनले फिल्म युनिटका मानिसको तारिफमा पुल बाँध्न भ्याइन् तर दुई–दुई घण्टा कुराएकोमा ‘सरी’ भन्न भ्याइनन् । उनको रवैया देखेपछि एक पत्रकारले प्रश्न गरे, ‘के यो पूजा स्टार भएको लक्षण हो ?’

 

Leave A Comment