एनसेलमा अब ३० रुपैयाँ सापटी

आइतबार, २४ बैशाख २०७४, ०१ : ०२ शुक्रवार , Kathmandu
एनसेलमा अब ३० रुपैयाँ सापटी

एनसेलका प्रिपेड ग्राहकले अब एनसेल सापटीको नयाँ योजनाअन्तर्गत विनाकुनै सेवा शुल्क सापटी लिन सक्नेछन् । एनसेलका सबै प्रिपेड ग्राहकले आफ्नो मेन ब्यालेन्स पाँच रुपैयाँ वा सोभन्दा कम भएमा एनसेल सापटी सुविधामार्फत विनाकुनै सेवा शुल्क अझै बढी रकम सापटी स्वरूप लिन सक्नेछन् ।
मे दिवसको उपलक्ष्यमा ल्याइएको यो योजना सोमवारदेखि लागू भएको छ । प्रिपेड सेवाग्राहीले अब ३० रुपैयाँ सापटी प्राप्त गर्न सक्नेछन् । दुई महिना वा सोभन्दा बढीदेखि एनसेल प्रिपेड सिम प्रयोग गर्ने ग्राहकले मात्र यो सेवा पाउनेछन् ।
सापटी रकम ग्राहकको मुख्य ब्यालेन्समा जोडिनेछ र प्राप्त रकमबाट ग्राहकले कुनै पनि नेटर्वकमा कल गर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको अन्य सेवा प्रयोग गर्न सक्नेछन् ।
त्यसका लागि एस्ट्रिक्स९९८८ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार प्रिपेड ग्राहकले यो सेवा सुचारु गर्न सक्नेछन् । सापटी लिइएको रकम ग्राहकले रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट घटाइनेछ । रिचार्ज गरिएको रकम ३० भन्दा कम भएमा रिचार्ज गरिएको सम्पूर्ण रकम काटिने छ र बाँकी रकम अर्को रिचार्जमा काटिने एनसेलले जनाएको छ । प्रिपेड ग्राहकले एस्ट्रिक्स९०१ह्यास डायल गरी बाँकी रहेको सापटी रकमको बारेमा जानकारी लिन सक्नेछन् ।
आफ्ना ग्राहकलाई एनसेलले सन् २०१२ देखि सापटी सेवा प्रदान गर्दै आएको छ । प्रिपेड ग्राहकले आवश्यकताअनुसार आफ्ना मेन ब्यालेन्स रु. पाँच वा सोभन्दा कम भएपछि जति पटक पनि यो सेवाबाट लाभ लिन सक्नेछन् । तर, ग्राहकले आफूले लिएको सापटीको रकम पूरा चुक्ता नगरेसम्म अर्को सापटी लिन पाउने छैनन् । यो योजना १५ दिनका लागि मान्य हुने कम्पनीले जनाएको छ ।

Leave A Comment