कान्छीसँग नम्रता

आइतबार, २४ बैशाख २०७४, ०१ : ०८ शुक्रवार , Kathmandu
कान्छीसँग नम्रता

नम्रता सापकोटाका फ्यानका लागि खुशीको खबर छ । ‘छक्का पन्जा’ यता कुनै फिल्म नपाएकी नम्रतालाई श्वेता खड्काले आफ्नो ब्यानरमा अनुबन्ध गरेका चर्चा छ । आकाश अधिकारीले निर्देशन गर्ने फिल्म ‘कान्छी’मा दयाहाङ राई र श्वेता खड्कासँगै नम्रता पनि मुख्य भूमिकामा देखिनेछिन् ।
‘अन्तराल’बाट डेब्यू गरेकी नम्रताले बीचमा फिल्मभन्दा बढी व्यक्तिगत सम्बन्धलाई प्राथमिकतामा राखेकी थिइन् तर व्यक्तिगत सम्बन्ध नफापेपछि ‘ब्रासलेट’ मार्फत अभिनयमा फर्किएकी थिइन् । त्यसयता, ‘छक्का पन्जा’मा अभिनय गरिन् । फिल्म हिट पनि भयो तर जस जति सबै दीपक–दीपा र वर्षाको भागमा मात्र गयो । त्यसयता अर्को कुनै फिल्म नपाइरहेका बेला श्वेताको फिल्ममा अभिनयको मौका पाउनु नम्रताका लागि गतिलो अवसर बन्न सक्छ । हिजोको दिनमा करिअरमा ‘केयरलेस’ भएको परिणाम उनले भोगिसकेकी छिन् । सायद अब चेतिन् कि ?

 

Leave A Comment