आँचलको बेला आएको हो ?

मङ्गलबार, २६ बैशाख २०७४, ०१ : २७ शुक्रवार , Kathmandu
आँचलको बेला आएको हो ?

‘नाइँ नभन्नू ल ४’ बाट पल शाह र वर्षा राउतसँगै डेब्यू गरेकी थिइन्, आँचल शर्माले । सँगै डेब्यू गरेकी वर्षा राउतले तीन–तीनवटा हिट फिल्म दिइन् । साम्राज्ञीराज्यलक्ष्मी शाहसँगै वर्षाको स्टारडमको तुलना हुने गरेको छ । पल शाहको हातमा पनि राम्रै फिल्म छन् । तर, आँचलको करिअर भने दुईको तुलनामा दौडिन सकेको छैन  । दुई वर्षको अवधिमा उनका हातमा जम्मा ‘जोनी जेन्टलमेन’ छ, जसको पनि लक्षण राम्रो छैन । फिल्मका दुइटा गीत रिलिज भए तर दुवै गीतले खासै दर्शक लोभ्याउन सकेका छैनन् ।
यस्तो अवस्थामा आँचललाई राहतको खबर छ । निर्देशक प्रदीप श्रेष्ठले ग्यापपछि निर्देशन गर्न लागेको फिल्म ‘ब्ल्याक’मा उनले मोडल रेनुका सिंह ठकुरीलाई रिप्लेस गरेकी छिन् । आँचल फिल्ममा आकाश श्रेष्ठको जोडीको रूपमा देखिनेछिन् ।
गतिला फिल्ममा अफर नपाइरहेको बेला अरूले गर्न लागेको फिल्म आँचलको पोल्टामा पर्नु कतै आँचलको बेला आएको संकेत त हैन ?

Leave A Comment