भोट कसलाई ?

बिहिबार, २८ बैशाख २०७४, ०३ : ४३ शुक्रवार , Kathmandu
भोट कसलाई ?

जीतु नेपाल, हास्यकलाकार
यसपालि आफूले रुचाएकोलाई भन्दा पनि अनुसन्धान गरेर भोट हाल्नेछु । अनुसन्धानमा जुन ठीक लाग्छ ३० गते सोचेर ३१ गते भोट हाल्नेछु ।


मेलिना राई, गायिका
चुनाव,चुनाव भन्छन् । के–के हो जस्तो भइरहेको छ । पदमा पुगिसकेपछि देश विकासमा आफ्नो योगदान दिनेलाई भोट हाल्न चाहन्छु ।

सविन श्रेष्ठ, अभिनेता
आजभोलि मेरो घरतिर हरेक दिन भोटका लागि हूल नै आउने गर्छन् । घरमै आएर भोट माग्छन् । हेरेर, केलाएर भोट दिन्छु । पहिले के योगदान दिएको थियो, विकासको काममा कत्तिको सक्रिय छ ? यी सबै कुरा हेर्छु । त्यसपछि भोट दिन्छु ।

अनुपविक्रम शाही, अभिनेता
नयाँ पुस्तालाई मौका दिने बेला आएको छ । आफ्ना एजेन्डालाई पूरा गर्ने सामथ्र्य भएको उम्मेदवारलाई भोट दिन्छु ।  

सञ्चिता लुइँटेल, अभिनेत्री
नयाँ सोचका साथ सामाजिक दृष्टिकोणमा परिवर्तन ल्याउने खालका उम्मेदवारलाई भोट दिन्छु ।

रीमा विश्वकर्मा, अभिनेत्री
नयाँ ऊर्जा भएका व्यक्तिलाई भोट दिन उत्सुक छु । कुरामा मात्रै नभई काम पनि गरेर देखाउनुपर्छ उम्मेदवारहरूले । पुरानोलाई भन्दा पनि नयाँ विचार बोकेर अगाडि बढेकालाई भोट दिने विचार छ ।

अञ्जु पन्त, गायिका
असल व्यक्तिलाई भोट दिन चाहन्छु । पारिवारिक पृष्ठभूमि राम्रो भएकोलाई प्राथमिकतामा राख्दछु ।

शिवहरि पौडेल, हास्यकलाकार
पुरानाहरूको नेतृत्व त देखिसक्यौँ । अब स्वतन्त्र रूपमा नयाँ पुस्तालाई नै भोट हाल्नेछु । राजनीतिक अनुभव के कस्तो छ, यी सबै कुरा बुझेर राम्रो मान्छेलाई भोट हाल्नेछु ।

प्रस्तुतिः रचना श्रेष्ठ

 

 

Leave A Comment