दंग भिलेन

शनिबार, ३० बैशाख २०७४, १२ : ११ शुक्रवार , Kathmandu
दंग भिलेन

अनुपविक्रम शाहीलाई फिल्मको खाँचो छैन । त्यसो त ‘हँसिया’यता उनको भूमिका कसैले नोटिस गरेका छैनन् । तर, जहाँ हट्टाकट्टा केटाको खाँचो हुन्छ, निर्माता÷निर्देशकले उनैलाई सम्झन्छन् ।  फेरि एक पटक अनुपले यसै गरी अर्को फिल्म हात पारेका छन् ।  यो पटक उनको भागमा परेको छ, ‘कृ’ । कर्मालाई रिप्लेस गर्दै अनुपले ‘कृ’मा भिलेनको रोल हात पारेका छन् ।
सुटिङमा जानु केही दिनअघिसम्म पनि ‘कृ’मा भिलेनका रूपमा कर्माले अभिनय गर्ने पक्कापक्कीजस्तै थियो । तर, फिल्मको सुटिङ बारम्बार सर्ने र सोही समयमा कर्माको अर्को फिल्म सुरु हुने भएपछि कर्माले भिलेनको साटो हिरो हुने बाटो रोजे । अन्ततः निर्माण टिमले विकल्पका रूपमा अनुपलाई अनुबन्ध ग¥यो । यस्तोमा अनुपले त्यो खुशी लुकाउन पनि सकेनन् । आफू ‘कृ’मा अनुबन्ध भएको खबर आफैँ सार्वजनिक मात्र गरेनन्, समाचार पनि फेसबुकमा सेयर गरे ।  जबकि निर्माण टिम फिल्मको कास्टको बारेमा औपचारिक रूपमा खुल्न चाहेको थिएन । अनमोलसँग फिल्म खेल्न पाएर हो वा रोल राम्रो भएर हो, अनुपले आफ्नो खुशी लुकाउन सकेका छैनन् । फिल्म रिलिज भएपछि पनि उनको खुशी कायम रहोस् ।

 

Leave A Comment