सेटमा पनि रोमान्स

शनिबार, ०६ जेठ २०७४, ०१ : ३५ शुक्रवार , Kathmandu
सेटमा पनि रोमान्स

सौगात मल्ल र सृष्टि श्रेष्ठबीच गहिरो प्रेम रहेको कुरा कुनै सेक्रेट रहेन अब । भर्खरै मात्र पनि सृष्टिले सौगातलाई घरमै डिनर खुवाएको फोटो बाहिरिएबाट पनि पुष्टि हुन्छ, दुवैको मायाप्रेम ख्यालख्यालको हैन । तर, उनीहरूको प्रेमले सुटिङमा नै खलल पुर्याएको हल्ला बाहिरिएको छ ।
सृष्टि केही दिनअघिसम्म धरानमा ‘रोमियो एन्ड मुना’को सुटिङ गरिरहेकी थिइन् । यता सौगात भने ‘झ्यानाकुटी’ को सुटिङ सकेपछि केही समय खाली थिए । यही खाली समयको सदुपयोग गर्न उनी सृष्टिलाई भेट्न धरानसम्म पुगेको र त्यहाँ सुटिङमा नै खलल पुग्ने गरी दुवैले रोमान्स गरेको स्रोतले बतायो । स्रोतको दाबी छ, सौगात आफैँ सुटिङस्थलसम्म मात्र गएनन्, सृष्टि पनि उनीसँग ज्यादाभन्दा ज्यादा समय बिताउन सुटिङबाट बारम्बार निस्कने गरेकी थिइन् । सृष्टिका कारण सुटिङ प्रभावित भएको थियो । सौगात आजभोलि नै ‘फाटेको जुत्ता’का लागि वीरगञ्ज निस्कँदैछन्  । बीचको समय सदुपयोग गर्ने दुवैको आइडिया सही नै होला तर सुटिङ नै डिस्टर्ब हुने गरी लभ गर्न त भएन नि ।  लन्डनमा बसे–हुर्केकी सृष्टिले केही दिन नेपाल बस्दैमा प्रोफेसनालिजम बिर्र्सेको राम्रो हो र ?

 

Leave A Comment