कालेदाइको पीडा

सोमबार, ०८ जेठ २०७४, ०१ : ०४ शुक्रवार , Kathmandu
कालेदाइको पीडा

नेपालमा भनाइ नै छ– ‘गीत हिट त फिल्म सुपरहिट ।’  तर, पहिलो पल्ट कुनै फिल्मलाई यस्तो समस्या परेको छ, जहाँ गीत त हिट छ तर कुन फिल्मको भन्ने बुझाउन नसकेर हैरान ! त्यसैले गीत हिट भए पनि फिल्मलाई खासै फाइदा पुगेको छैन ।
कुरा ‘पर्व’ फिल्ममा समेटिएको ‘कालेदाइ’ बोलको गीतको हो । गीतले युट्युबमा करोडभन्दा बढी दर्शक पाएको छ तर धेरैलाई गीत कुन फिल्मको भन्ने थाहा छैन । अझ गीतमा निश्चल बस्नेत नाचेका कारण धेरैले यसलाई ‘लुट २’को गीत भन्ठान्छन् । त्यही भएर होला निर्माताले फिल्मका फ्लायर तथा पोस्टरमा नै ‘कालेदाइ’गीत समेटिएको फिल्म भन्दै फिल्मको प्रचार गर्ने जुक्ति लगाएका छन् । तर, गीत हेर्दा नबुझेका दर्शकले पोस्टरमा हेरेर कसरी बुझलान् ? निर्माता/निर्देशक नै जानून् । निश्चललाई राखेर फाइदा लुट्ने उनीहरूको दाउले स्वयंलाई चित् खुवाइदिएको चर्चा छ ।

Leave A Comment