डल्लीलाई रेखाको धोका

मङ्गलबार, १६ जेठ २०७४, ०१ : ०१ शुक्रवार , Kathmandu
डल्लीलाई रेखाको धोका

‘काम पर्दा भाँडो, नपर्दा ठाँडो’– यो पुरानो उखान कुनै नेपाली अभिनेत्रीमा  दुरुस्त लागू हुन्छ भने रेखा थापामा हुन्छ । रेखा उद्योगभरि नै उपयोगितावादका लागि प्रख्यात छिन् । आफूलाई काम परेको छ भने जसरी पनि काम लिने, अरूले लिनु छ भने बालै नदिने । रेखाको यही बानीको भुंग्रोमा परेकी छिन् डल्ली अर्थात् छुल्ठिम गुरुङ ।
एक समय फिल्मबाट सन्न्यास नै लिन लागेकी छुल्ठिमले अभिनेत्रीसँगै निर्मातासमेत हुने गरी ‘डायरी’ बनाउने घोषणा गरिन् । र, उनले फिल्मको महŒवपूर्ण भूमिकामा रेखालाई खेलाउने निधो गरिन् । छुल्ठिमको अपेक्षा थियो, रेखालाई लिएपछि सिंगल थिएटरमा दर्शकको ओइरो लाग्छ । मल्टिप्लेक्सका लागि फिल्मको लुक्स भइहाल्छ । तर, फिल्म रिलिज गर्ने बेलामा थाहा भयो, रेखा खेलेको भनेपछि मल्टिप्लेक्समा नाक खुम्च्याउँछन् र सिंगलमा पनि रेखाका दर्शक पहिलेझैँ छैनन् । झन् त्यसमाथि रिलिजको बेलामा रेखाले ‘डायरी’को प्रमोसनमा फिटिक्कै सघाइनन् । यसको उत्कर्ष त्यतिबेला देखियो, जब रेखा ‘डायरी’ रिलिज भएको भोलिपल्ट अर्थात् शनिवार फिल्मको प्रमोसनमा हिँड्नुको साटो साथीहरूसँग सुकुटे रिसोर्टमा गएर रमाइलो गरिन् ।
फिल्मको प्रचार छाडेर सुकुटे जानुपर्ने रेखाका आफ्नै कारण होलान् तर एक्लै दौडधूप गरिरहेकी छुल्ठिमलाई देख्दा यही लाग्थ्यो– छुल्ठिमले जसलाई भरोसा गरिन्, उनैबाट धोका पाइन् ।

 

Leave A Comment