घातक चिन्ताबाट कसरी मुक्त हुने ?

बिहिबार, ०६ जेठ २०७३, ०२ : २२
घातक चिन्ताबाट कसरी मुक्त हुने ?

उखानै छ– चिन्ताले चितामा पु¥याउँछ । यद्यपि, चिन्ता आफैँमा रोग होइन ।  तर, यसले थुप्रै शारीरिक तथा मानसिक रोगलाई जन्म दिने भएकाले मानव स्वास्थ्यका लागि यो घातक मानिन्छ ।
चिन्ताले गर्ने हानि
डिप्रेसन निम्त्याउँछ
चिन्ता र तनाव कम गर्न अथवा व्यवस्थापन गर्न सकिएन भने यसले डिप्रेसन र साथै अन्य कडा खालका मानसिक रोग निम्त्याउँछ ।
रोग लगाउँछ
चिन्ता र तनाव लिने व्यक्तिमा क्यान्सर, फोक्सोसम्बन्धी रोग, लिभर सिरोसिस, उच्च रक्तचाप, मधुमेहजस्ता रोग लाग्ने जोखिम बढी रहेको विभिन्न अनुसन्धानले देखाएका छन् ।
यौनजीवन बिगार्छ
 तनाव र चिन्ताका कारण शरीरभित्र उत्पन्न हुने रसायनले यौन उत्तेजना जगाउने रसायनलाई निस्तेज गरिदिन्छ, जसले गर्दा व्यक्ति यौनप्रति कम इच्छुक हुँदै जान्छ । चिन्ता लिने व्यक्तिको शरीरमा सेक्स हार्मोन टेस्टोस्टेरोनको मात्रा कम हुन्छ ।
कपाल झर्छ
चिन्ता लिँदा शरीरमा कोर्टिसोल नाम गरेको हार्मोन उत्सर्जन हुन्छ, जसले कपालका जरालाई कमजोर गरिदिन्छ र कपाल झर्न थाल्छ ।
दाँत बिगार्छ
चिन्ता बढी लिने व्यक्तिमा दाँत खिइने, गिजामा समस्या उत्पन्न हुने देखिएको छ ।
मुटु कमजोर बनाउँछ
चिन्ता लिँदा मुटुका मांसपेशी कमजोर हुन्छन् । स्टे«ेस हार्मोनले मुटुको धड्कन बढाउने र नसा संकुचित गरेर रक्तसञ्चारमा बाधा उत्पन्न गराउँछ । यस्ता व्यक्तिलाई हृदयाघात हुने जोखिम बढी हुन्छ ।
मोटो बनाउँछ
चिन्ता लिने कतिपय व्यक्ति जति खाए पनि अघाउँदैनन् । एउटा अनुसन्धानले देखाएअनुसार त्यस्ता मानिसले ४० प्रतिशत बढी खाना खाने गर्छन्, जसले गर्दा शरीर थसुल्लो पल्टिन्छ ।
बूढो बनाउँछ
सधँै चिन्तामा रहने व्यक्तिको शरीरमा नयाँ कोषिकाको विकास ढिलो हुन्छ, जसले गर्दा व्यक्ति चाँडै बूढो देखिन्छ । छालामा चाउरी पर्ने, मांसपेशी कमजोर हुने, आँखा कमजोर हुनेजस्ता बुढ्यौलीका संकेत चाँडै देखा पर्छन् ।
रोगप्रतिरोधी क्षमता घटाउँछ
चिन्ता लिइरहने व्यक्तिको शरीरमा रोगप्रतिरोधी क्षमता घट्न जान्छ, जसले गर्दा त्यस्ता व्यक्तिलाई रुघाखोकी, ज्वरोजस्ता रोग लागिरहन्छन् ।
जिनमा असर गर्छ
चिन्ता लिनाले मानिसको जिनमै बदलाव आउँछ । शरीरमा कति बोसो लाग्ने, रोगप्रतिरोधी क्षमता कस्तो हुने, बुढ्यौली कहिले सुरु हुने, क्यान्सर लाग्ने कि नलाग्ने भन्ने कुरा जिनले धेरै हदसम्म निर्धारण गर्ने गर्छ । चिन्ता लिने व्यक्तिको जिन यी स्वास्थ्य समस्या निम्त्याउने किसिमले ‘मोडिफाइड’ हुँदै जान्छ ।
दिमागमा असर गर्छ
चिन्ताले दिमागमा रहने हिप्पोक्यामस भन्ने भाग ‘ड्यामेज’ गरिदिन्छ । परिणामतः व्यक्तिको स्मरणशक्ति घट्छ ।
शरीरमा विकार बढाउँछ
चिन्ता लिँदा बोसो र चिनीयुक्त खानाप्रति आसक्ति बढ्न जान्छ, जसले शरीरमा विकार निरन्तर सञ्चय गर्दै लान्छ र शरीर विभिन्न रोगको घर बन्न पुग्छ ।
जीउ दुख्छ
चिन्ता र तनाव लिइरहने व्यक्तिको हड्डीमा खनिजकोे मात्रा घट्न जान्छ । निरन्तर चिन्ता लिने व्यक्ति जीउ दुख्ने समस्याबाट आक्रान्त हुँदै जान्छ ।

चिन्ताबाट कसरी बच्ने ?
शारीरिक श्रम गर्ने
शारीरिक श्रम गर्दा शरीरमा हुने स्ट्रेस हार्मोनको मात्रा घट्छ र तनाव कम हुन्छ । त्यही भएर काममा जाँदा गाडीको सट्टा पैदल अथवा साइकलमा जान जोड गर्नुपर्छ ।
व्यायाम
नियमित व्यायाम गर्नाले शरीरमा अक्सिजनको मात्रा बढ्छ र रक्तसञ्चार तीव्र हुन्छ, जसले स्ट्रेस हार्मोनको मात्रालाई कम गरिदिन्छ ।
प्राणायाम गर्ने
प्राणायाम श्वासप्रश्वासको विधि हो । गहिरो सास लिने र फाल्ने, फोक्सोभरि सास भर्ने र फाल्ने आदि गर्नाले समग्र शरीरमा अक्सिजनको ‘इन्टेक’ बढ्छ । अक्सिजनको इन्टेक बढ्यो भने तनाव स्वतः कम हुँदै जान्छ । तनाव बढी हुनेले भस्तृका, कपालभाँती, अनुलोमविलोम, भ्रामरीजस्ता प्राणायामका विधि अभ्यास गर्नु राम्रो हुन्छ ।
घुलमिल बढाउने
चिन्ता र तनाव भएको बखत एक्लै घोरिएर बस्नुको सट्टा साथीभाइसँग घुलमिल हुनुपर्छ । यसले तनाव कम गर्छ ।
बेस्कन हाँस्ने
बेस्कन हाँस्दा शरीरमा खुशी बनाउने हार्मोन बढ्छ र चिन्ता दिलाउने हार्मोन घट्छ । तसर्थ, बिहान–बेलुका बेस्कन हाँस्ने गर्नुपर्छ ।
गीत सुन्ने
गीत सुन्दा पनि चिन्ता कम हुने विभिन्न अनुसन्धानले देखाएका छन् ।
सत्य स्वीकार गर्ने
कुनै कुरा गुमेको कुराले चिन्ता भएको छ भने गुमेको कुरालाई स्वीकार गर्नुपर्छ । सत्य स्वीकार गरेपछि परिवर्तनप्रति अभ्यस्त हुँदै गइन्छ र चिन्ता क्रमशः कम हुँदै जान्छ ।
........................
भिन्डीका फाइदा
–    भिन्डी अर्थात् रामतोरियाँमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । यो राम्रोसँग पच्छ र यसले पाचन प्रक्रियालाई पनि बलियो बनाउँछ ।
–    भिन्डी खानाले शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । मधुमेहका रोगीलाई यो लाभदायक हुन्छ ।
–    गर्भवती महिलाले भिन्डी खानाले भ्रूणको दिमागको विकास राम्रो हुन्छ । साथै, भिन्डी खाँदा गर्भ तुहिने जोखिम पनि घट्छ ।
–    भिन्डीमा भिटामिन–के र फोलेट्स पाइन्छन्, जसले रगत जम्नबाट रोक्छन् र हड्डी बलियो बनाउने गर्छन् ।
–    भिन्डीमा पाइने भिटामिन–सीलगायत तŒवले दमको असर कम गर्छ ।
–    आयुर्वेदका अनुसार भिन्डीको फूल र पातलाई श्वासप्रश्वाससम्बन्धी रोग निको पार्न प्रयोग गरिन्छ । वैद्यको परामर्शमा भिन्डीको फूल र पातलाई ब्रोङ्काइटिस र निमोनियाको उपचार गर्ने गरी प्रयोग गर्न सकिन्छ ।
–     भिन्डीमा पाइने फाइबरले कब्जियतको समस्या कम गर्छ ।
–    भिन्डी खानाले क्यान्सरको जोखिम घट्छ । भिन्डी खाइरहने गर्दा आन्द्रा, कोलोन–रेक्टल क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।
–    भिन्डीमा क्यालोरी कम पाइन्छ, जसले गर्दा यो मोटाउने समस्या भएकाहरूका लागि लाभदायक हुन्छ ।
–    भिन्डीमा सोल्युबल फाइबर पेक्टिन पाइन्छ, जसले शरीरमा खराब खालका कोलेस्टेरोलको मात्रालाई कम गरिदिन्छ ।
–    भिन्डीमा पाइने भिटामिन–सीलगायत तŒवले छालामा जम्मा भएका विकारलााई पखाली छालालाई स्वस्थ राख्छ ।
–    भिन्डीमा अक्सिडेन्ट्स, भिटामिन–सी, म्याग्नेसियम, क्याल्सियम, आइरनजस्ता तŒव प्रशस्त मात्रामा पाइन्छन्, जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछन् ।
–    आँखा धमिलो देख्नेका लागि पनि भिन्डीको तरकारी खानु लाभदायक हुन्छ ।
–    भिन्डीमा पाइने आइरन, भिटामिन–के आदिले रक्तअल्पता हुन दिँदैन ।
–    रगतमा हेमोग्लोबिनको मात्रा कम छ र रेड ब्लड सेल आवश्यक मात्रामा छैन भने भिन्डी खाइरहने गर्नुपर्छ ।
–    भिन्डीमा क्षार तŒव पाइन्छ, जसले अल्सरको असरलाई कम गर्न मद्दत पु¥याउँछ ।
–    भिन्डी प्रोटिनको राम्रो स्रोत भएकाले शरीरमा प्रोटिनको इन्टेक बढाउन यसको तरकारी खान सकिन्छ ।

.............
सेक्सअघि के नगर्ने ?

एलर्जीको औषधि नखाने
सेक्सअघि औषधि खानाले यौनरस कम निस्किन्छ, जसले सेक्सलाई पीडादायक बनाउँछ । एलर्जीको औषधि लिने गर्नुभएको छ भने सेक्सको मज्जा लिइसकेपछि मात्रै लिने गर्नुस् ।

मसलायुक्त खाना
मसलायुक्त खानाले पेट ढुस्स हुन्छ । ढुस्स पेट लिएर सेक्समा उत्साहजनक रूपमा सरिक हुन सकिँदैन । त्यही भएर हल्का खाना खाएर सेक्समा सरिक हुनुपर्छ । मसालेदार खानाले योनीमा नराम्रो गन्ध सिर्जनासमेत गराउने विभिन्न अनुसन्धानले देखाएका छन् ।

बढी मदिरा नखाने
हल्का मदिरा खाँदा मुडमा आउन सजिलो हुन्छ । तर, बढी खानुभयो भने यसले ओछ्यानमा तपाईंको क्षमता घटाइदिन्छ ।

सेभ नगर्ने
सेक्स पार्टनरलाई आकर्षित गर्न महिलाहरूले सेक्सअघि हात, खुट्टा, योनी आदिका रौँ खौरिने गर्छन् । तर, सेक्स गर्नुभन्दा एक दिनअघि यस्तो सेभ गर्नुभयो भने सेभका कारण उत्पन्न एलर्जी र लागेको घाउ भोलिसम्म निको भइसकेको हुन्छ ।


लसुन–प्याज नखाने
काँचो लसुन–प्याज खाँदा मुख गनाउँछ । गनाउने मुखले सेक्सका क्रममा उत्तेजना र रोमाञ्चक अनुभूति घटाइदिन्छ । त्यही भएर लसुन–प्याज खाएर सेक्स गर्न नजाने । खाइहालेमा ल्वाङ, सुकुमेल आदि चपाउने गर्नुपर्छ ।

 

Leave A Comment