‘घर चलाउनेले राजनीति चलाउँछ’

आइतबार, १९ असार २०७३, ०१ : ४५ पुष्पराज जोशी , Kathmandu
‘घर चलाउनेले राजनीति चलाउँछ’

प्रदीप देउवा
अध्यक्ष, नेपाली कांग्रेस डोटी

सञ्चै हुनुहुन्छ ?
अँ ठीक छु ।

केमा व्यस्त हुनुहुन्छ आजभोलि ?
पहाडका डाँडाकाँडा उक्लने ओर्लने, साथीभाइसँग भेटघाट गरिरहेको छु ।

राजनीतिमा कसरी आइयो ?
योजना बनाएर राजनीतिमा आएको होइनँ । मलाई एउटा मुभमेन्टले राजनीतिमा लगेको हो । राजनीतिक घटनाक्रमपछि नै म कांग्रेसको राजनीतिमा आएको हुँ ।

गीत÷संगीतमा रुचि छ ?
सानो हुँदा नाचगानमा खूब रमाउँथे । साहित्यिक क्षेत्रमा रुचि छ तर अहिले विधा नै फरक भइसक्यो ।

फिल्म कत्तिको हेर्नुहुन्छ ?
फिल्मको त सोखिन मान्छे म । क्याम्पस पढ्दाताका हलमा नयाँ फिल्म लाग्नै बित्तिकै हेरिहाल्थेँ । तर, पछिल्लो समय राजनीतिले गर्दा फिल्म हेर्न फुर्सदनै मिलेको छैन ।

पछिल्लो समय हेरेको फिल्म ?
‘झोले’ ।

सबैभन्दा मन परेको फिल्म कुन हो ?
हिन्दी फिल्म ‘सोले’ खूब मन परेको थियो ।

मन पर्ने अभिनेता ?
नेपाली अभिनेतामा दयाहाङ राईको अभिनय जीवन्त लाग्छ ।

गायक÷गायिका कुन मन पर्छ ?
नारायण गोपाल र कुन्ती मोक्तान मन पर्ने गायक÷गायिका हुन् ।

किताब कत्तिको पढ्नुहुन्छ ?
समय मिल्यो कि किताब पढ्छु । पछिल्लो पटक पुण्य प्रसाईको ‘युद्धका डोबहरू’ पढेर भ्याएँ ।

कस्ता खालका पुस्तक मन पर्छन् ?
पुस्तकभित्र सामाजिक रूपान्तरणका विषयवस्तु अटाएका होऊन् । साथै, संघर्षबाट माथि उठेका विषयवस्तु समेटिएका पुस्तक मन पर्छन् ।

मन पर्ने नेता ?
बीपी कोइराला र कृष्णप्रसाद भट्टराई ।

मोबाइल कुन बोक्नु भएको छ ?
सामसुङ

फोन कत्तिको आउँछन् ?
नेता भएकाले आइरहन्छन् ।

बिहे कस्तो गरियो मागी कि प्रेम ?
मागी बिहे गरे ।

राजनीति गर्न सजिलो कि परिवार चलाउन सजिलो ?
जसले परिवारलाई राम्रोसँग चलाउन सक्छ, त्यसले राजनीति पनि गर्न सक्छ । किनभने, आमाबुबा, श्रीमती, छोराछोरी र परिवारका सबै सदस्यको भावना बुझेर परिवार चलाउन सक्नेले मात्रै राजनीतिमा सबै कार्यकर्ता जनताका भावना बुझ्न सक्छ र राजनीति चलाउन सक्छ ।

Leave A Comment