बाहाना चुनाव, कारण हाइप

आइतबार, २१ जेठ २०७४, ०१ : ०३ शुक्रवार , Kathmandu
बाहाना चुनाव, कारण हाइप

‘देश खोज्दै जाँदा’ पछि फिल्म ‘जोनी जेन्टलमेन’ले पनि चुनावको कारण देखाउँदै फिल्मको प्रदर्शन मिति सारेको छ । ‘देश खोज्दै जाँदा’ चुनावकै कारण सरे पनि ‘जोनी जेन्टलमेन’ भने फिल्मले सोचे अनुसारको हाइप नपाएपछि भदौमा पुगेको छ ।
म्युजिक भिडियोबाट फिल्म निर्देशनमा हात हालेका नितिन चन्दले फिल्मको हाइप बनाउन दुई दुईवटा गीत रिलिज गरे । तर, पहिलो गीतको भिडियो राम्रो हुँदा हुँदै पनि अडियो नचलेपछि गीतले फिल्मलाई खासै फाइदा दिएन । पहिलोको मेख मार्न उनले दोस्रो गीत रिलिज गरे तर यो गीत त झन् आएको गएको नै थाहा भएन । फिल्मको नाम दर्शकसम्म पु¥याउन गीत नै ठूलो हतियार हो तर ‘जोनी जेन्टलमेन’ले फायर गरेका दुबै सट खेर गएपछि उनीहरूका सामु एउटै विकल्प थियो, कि त चुपचाप भाग्य भरोसामा फिल्म रिलिज गर्ने कि त सार्ने ? अन्ततः निर्माण युनिटले दोस्रो विकल्प रोज्दै फिल्म नयाँ मितिमा सारेको छ । नेपालीलाई कति गफ हान्न पर्ने ? खुरुखुरु तयारी पुगेन त्यसैले सारेको भने भइहाल्यो नि । नाच्न नजान्ने आँगन टेढो ।  कारण छ एउटा, बहाना  अर्को ।

Leave A Comment