सस्ती वर्षा

बुधबार, २४ जेठ २०७४, ०४ : १४ शुक्रवार , Kathmandu
सस्ती वर्षा

बुझ्क्कीहरू भन्छन्, शिखरमा पुग्नभन्दा टिकिरहन गाह्रो छ । अहिले यो उक्ति कसैका लागि मेल खान्छ भने ती हुन्, वर्षा राउत । उनले खेलेका सबै फिल्म हिट छन् त्यसैले बजार भाउ पनि बढेको छ । फिल्ममा एक दुई सिन खेलाउन मरिहत्ते गर्नेको कुनै कमी छैन । यति हुँदाहुँदै पनि वर्षाले बुझ्न बाँकी कुरा के हो भने उनकै भूमिका र कामले कुनै फिल्म हिट भएका चैं छैनन् । अर्थात् वर्षा अहिलेसम्म हिट फिल्मकी अंशियार मात्र हुन् एक्लो दाबेदार हैनन् । त्यसैले उनले एक पटक आफ्नै बलबुतामा फिल्म नचलाएसम्म धेरै फुर्तिफार्ति गर्नुको कुनै अर्थ छैन ।
तर, वर्षा भने यो सतही सफलताले यति दंग छिन् कि उनलाई मानौं भोलिको करियरको कुनै फिक्री नै छैन । त्यसैले एक छाडी अर्को फिल्ममा अनुहार देखाउन व्यस्त छिन् । वर्षा हालसालै ‘छक्का पन्जा २’को सुटिङ गरिरहेकी थिइन् भने यही समयमा ‘मिस्टर झोले’मा पनि काम गरिरहेकी थिइन् । ‘मिस्टर झोले’को काम सकिएको छैन,  ‘फाटेको जुत्ता’को सुटिङ ज्वाइन गरेकी छिन् । वर्षाले भटाभट फिल्म गरेको देख्दा धेरैको मनमा शंका उब्जन्छ, कतै वर्षा धेरै फिल्म खेलेर सस्ती भइरहेकी त छैनन् ?

Leave A Comment