चलेन नमी जादू

आइतबार, २८ जेठ २०७४, १२ : ३३ शुक्रवार , Kathmandu
चलेन नमी जादू

फिल्म ‘पर्व’का लागि नम्रता श्रेष्ठले अभिनेता कोशिस क्षेत्रीले भन्दा बढी पारिश्रमिक लिएको चर्चा थियो । पाउनु सायद नाजायज पनि थिएन । अघिल्लो साल आयोजना भएका सबै अवार्डमा नम्रताले नबिराई अवार्ड पाएकी थिइन् । त्यसैले यो फिल्ममा उनको महंगो मूल्य जायज नै ठानिएको थियो । तर, रिलिज पछि भने फिल्मले कुनै जादू गर्न सकेन । फिल्मले देशको कुनै भागमा पनि राम्रो व्यापार गर्न नसकेको चर्चा छ ।
नम्रताको ‘पर्व’ फ्लप भएपछि फिल्मवृत्तमा चर्चा चल्न थालेको छ, नम्रतालाई पनि चल्न आर्यन सिग्देलकै साथ चाहिने रहेछ । दुवै भएका फिल्मले उत्साहजनक व्यापार त गरेका छैनन् तर कमसेकम इज्जत त धान्दै आएका छन् । पछिल्लो समय फिल्मभन्दा प्रेमीमा ज्यादा ध्यान दिइरहेकी नम्रतालाई आफ्नो भाउ र साख बचाउन अब गतिलै फिल्म चाहिन्छ ।   हेरौं नम्रताले कस्तो फिल्म साइन गर्छिन् ?

Leave A Comment