फोटो हाल्नै हतार

सोमबार, २९ जेठ २०७४, १२ : ४४ शुक्रवार , Kathmandu
फोटो हाल्नै हतार

प्रियंका कार्कीलाई सबैभन्दा फ्रोफेसनल कलाकार मानिन्छ । सेटमा बरु प्रियंका बारम्बार काम गर्दागर्दै बेहोस भएको खबर सुनिन्छ तर कसैसँग झगडा भएको खबर सुनिदैन । यही कारण पनि धेरै निर्माता निर्देशकको रोजाइमा पर्ने गरेकी छिन् ।
तर, जति प्रोफेसनल भए पनि उनको एउटा बानी भने प्रोफेसनल छैन ।  त्यो हो फिल्मको लुक रिलिज गर्दिने । निर्माताले आफ्नो फिल्मको विषयवस्तु लुकाउँछु भने पनि प्रियंका छन् भने कुनै न कुनै बहानामा निस्किहाल्छ । अधिकांश समय प्रियंकाले थाहै नपाई लुक रिलिज गरिदिन्छिन् । पछिल्लो समय यसको मारमा परेको थियो, ‘छक्का पन्जा २’ । फिल्ममा प्रियंकाले यो पटक के भूमिका गर्दैछिन् भन्ने कौतुहलता थियो तर उनले स्वस्तिमासँग बुढी भएको गेटअपको फोटो रिलिज गरेर फिल्मभित्र स्वस्तिमाको आमा बनेको पोल खोलिन् । त्यसैगरी, उनले हालसालै ‘फाटेको जुत्ता’को पनि फोटो लिक गरेर फिल्ममा उनी मधेशी चरित्रमा अभिनय गरिरहेको पोल खोलेकी छिन् ।
फिल्मको सामग्री बाहिर ल्याउने वा नल्याउँने हरेक फिल्मको आ–आफ्नै रणनीति हुन्छ । तर, यस्तोमा प्रियंकाको भने एउटै रणनीति देखिन्छ, जसरी हुन्छ फिल्मको पोल खोल्ने गरी फोटो हाल्ने ।

Leave A Comment