‘सफलताका लागि समर्पण चाहिन्छ’

सोमबार, २० असार २०७३, ११ : ५७ दिलीप पौडेल , Kathmandu
‘सफलताका लागि समर्पण चाहिन्छ’

कुन कम्पनीको गाडी चढ्नुहुन्छ ?
हुन्डाई ।
कति मूल्यको ?
७५÷८० लाख रुपैयाँ ।
अहिलेसम्म कति वटा गाडी फेर्नुभयो ?
छ वटा ।
परिवारमा कति निजी गाडी छन् ?
हामी संयुक्त परिवारमा छौँ । गाडी नै बेच्ने भएकाले परिवारका सबै सदस्यले प्रयोग गर्न ८÷१० वटा गाडी घरमै छन् ।
व्यक्तिगत सवारी साधनले के फाइदा दिन्छ ?
समय बचत गर्छ । व्यक्तिगत सेड्युल मेन्टेन गर्न सजिलो हुन्छ । प्रोडक्टिभिटी बढाउँछ । परिवारसँग क्वालिटी लाइफ बिताउन सकिन्छ ।
यहाँको रुचि केमा छ ?
घुम्न मन पराउँछु । खानामा रुचि छ ।
घरमै खाने कि बाहिर ?
जहाँ मीठो लाग्छ, त्यहाँ जान्छु । हरेक शनिवार लन्च र डिनर घरबाहिर नै हुन्छ ।
परिवारलाई कत्तिको समय दिनुहुन्छ ?
शनिवारको दिन परिवारसँग बिताउँछु ।
गाडी व्यापार कस्तो छ ?
नाकाबन्दीले खस्केको व्यापार अहिले धेरै वृद्धि भएको छ । करिब १८ सय नयाँ ट्याक्सी दर्ता गर्ने अनुमतिले पनि त्यो देखाएको हो ।
निजी सवारीमा मध्यम वर्गीयको पहुँच किन हुन सकेन ?
अहिले सवारी साधन सर्वसाधारणको पहुँच बाहिर छ । गाडी निकै महँगो भयो । सरकारले यसलाई विलासिताको रूपमा मात्र हे¥यो । सबैले प्रयोग गर्न सक्ने अवस्था भएन । हामीले कर घटाउन माग गरेका छौँ । तर, सरकार हरेक वर्ष बढाउँदै जान्छ ।
कारण के त ?
सरकारले गाडीमा २ सय ४८ प्रतिशत भन्सार बढाएर २ सय ७५ प्रतिशत कर पु¥याएको छ । कर झन्झन् बढाउनु राम्रो होइन । सर्वसुलभ पहुँचमा पु¥याउनुपर्नेमा गाडी झन् महँगो बनाउँदा पहुँच बाहिर गएको छ । उच्च आम्दानी हुनेमात्र नभएर सबैले प्रयोग गर्ने बनाउन कर घढाउन माग गरेका छौँ । गाडीले उत्पादन क्षमता बढाउँछ । सार्वजनिक यातायातमा कमजोर भएको र यसले व्यक्तिगत आवतजावत, कार्यक्षमता वृद्धि गर्ने भएकाले विलासिताको रूपमा लिनुभएन ।
नेपालमा निजी सवारीमा पहुँचको अवस्था कस्तो छ ?
चारपांग्रेमा मुश्किलले पाँच प्रतिशत छ भने दुईपांग्रेमा जिरो दशमलव पाँच प्रतिशतभन्दा कम प्रयोगकर्ता रहेका छन् ।
कसरी सबैको पहुँचमा पु¥याउने ?
भन्सारको दर घटाउनुप¥यो । भारतमा भन्दा यहाँ गाडी दुई तिहाइ महँगो भयो । छिमेकी मुलुकअनुसार गर्न सक्छौ नि । भारतमा त्यही मोडलको गाडी एक तिहाई मूल्यमा चढेका छन् । सरकारले गाडी सर्वसाधारणको पहुँच बाहिर लगेर सम्भ्रान्तले मात्र चढोस् भन्ने नीति बनायो ।
नेपाली बजारमा कति मूल्यका गाडी छन् ?
न्यूनतम १४ लाख रुपैयाँदेखि चार करोड रुपैयाँसम्मका ।
बजेटले अटोमोबाइल क्षेत्रमा कस्तो प्रभाव पा¥यो ?
बजेटले गरेको करको दर परिवर्तन साउन १ गतेबाट सुरु हुने भए पनि अहिले सबै कम्पनीहरूले करको दायरा परिवर्तन सुरु गरेका छन् । बजेटले मर्मतसम्हारका सामग्रीको शुल्क परिवर्तन गरेकोले लागत बढेको छ । बजेटमा आउने प्रभावलाई मध्यनजर गर्दै भटाभट सबैले मूल्य परिवर्तन सुरु गरेका छन् । केहीले बढाए । केहीले बढाउँदै छन् । सबैले समायोजन गर्दैछन् ।
नयाँ योजना के छ ?
पर्यटन क्षेत्रमा लगानी गर्ने  ।
व्यक्ति सफल हुन के गर्नुपर्ला ?
मुख्य कुरा काममा समर्पण हुनुपर्छ । सम्बन्धित क्षेत्रको ज्ञान हुनुपर्छ । कसैले लिएर, जानेर आएको हुँदैन । ज्ञान लिँदै अघि बढ्ने हो ।

 

Leave A Comment