ह्वाट्सएपमा नयाँ फिचर

सोमबार, २० असार २०७३, १२ : ०२ शुक्रवार , Kathmandu
ह्वाट्सएपमा नयाँ फिचर

संसारमै लोकप्रिय बनेको म्यासेजिङ एप ह्वाट्सएपमा नयाँ फिचर आउने भएको छ । फेसबुक र ट्वीटरमा पहिलेदेखि नै भएको ‘मेन्सन’ फिचर ह्वाट्सएपमा पनि ल्याइने भएको छ ।
हाल परीक्षणमा रहेको यो फिचरका माध्यमले च्याट गरिरहेको बेला अन्य कुनै प्रयोगकर्तालाई बोलाउनुपरे मेन्सनमार्फत ट्याग गरेर नोटिफिकेसन दिन सकिनेछ । यसले फेसबुक र ट्वीटरमा लेखेर ट्याग गरेजस्तै काम गर्नेछ ।
योबाहेक यस फिचरबाट कुनै प्रयोगकर्तालाई ग्रुपमा जोड्न पनि सजिलो हुनेछ । यो फिचर सबैभन्दा पहिले ह्वाट्सएपको आईओएस बेटा भर्सनमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

 

Leave A Comment