फिल्ममा पाइला के चालेकी थिइन्, सञ्चिता लुईटेलले आकाश शाहसँग बिहे गरिन् । तर, बिहे गरे पनि फिल्ममा सञ्चिताको माग कम भएन । केही समयपछि उनको बिहे त टुट्यो तर फिल्मसँगको नाता टुटेन । उनले एकपछि अर्को फिल्ममा काम गरिन् । यही क्रममा सञ्चिताको भेट भयो निखिल उप्रेतीसँग ‘माया त माया होे’ को सेटमा । तर, यो फिल्म दुवैको जिन्दगीमा फिल्मको टर्निङ प्वाइन्ट झैं महत्वपूर्ण घटनाको रूपमा रह्यो । फिल्म खेल्ने क्रममा दुवैबीच घनिष्ठता बढ्यो र सम्बन्ध विवाहमा परिणत भयो । तर, विवाहले दुवैलाई फिल्मबाट टाढा पु¥यायो । निखिल ५ वर्ष मुम्बई हराए भने सञ्चिता पनि वर्षेनी जन्मिएका छोरा हुर्काउन थालिन् ।
तर, निखिल फर्किए लगत्तै फिल्ममा व्यस्त बन्दा सञ्चिता भने कमब्याकका लागि संघर्ष गरिरहेकी छिन् ।
सञ्चिताले अघिल्लो वर्ष ‘राधा’ मार्फत अभिनयमा धाक जमाउन गरेको प्रयास सफल भएन । शिर्ष भूमिकामा अभिनय गरे पनि ‘राधा’ले उनलाई राहत दिएन । यही समयमा उनका आँखा अब फिल्म ‘लिला’मा टिकेका छन् । ‘राधा’मा मोटी भएको टिप्पणी खेपेकी उनले यो फिल्ममा ज्यान भने घटाएकी छिन् । भनेपछि कमब्याक गर्ने उनको धोको अझै पूरा भएको छैन ।
Leave A Comment