डायबेटिजका रोगीले ध्यान दिनुपर्ने कुरा

सोमबार, २० असार २०७३, १२ : ०५ शुक्रवार , Kathmandu
डायबेटिजका रोगीले ध्यान दिनुपर्ने कुरा


–    चिनी भरिसक्के नखाने । चिनीको सट्टा सक्खर खाने ।
–    भोजनमा गुलियो चिज खाने मन छ भने सुरुमै खाने । डायबेटिजका रोगीले भोजनपछि गुलियो खानेकुरा खानु राम्रो हुँदैन ।
–    रिफाइन्ड तेलको सट्टामा घिउ हालेर पकाएको सागसब्जी खानु डायबेटिजका रोगीका लागि लाभदायक हुन्छ ।
–    डायबेटिजका रोगीले वनस्पति घिउ भरिसक्के खानु हुँदैन ।
–    डायबेटिजका रोगीले लामो समयसम्म उपवास बस्ने अथवा लामो समयसम्म केही नखाएर एकैसाथ धेरै खाने गर्नु हुँदैन ।
–    डायबेजिट भएको छ भने दाल र भात प्रेसर कुकरमा नभई कराई अथवा भाँडोमा उमालेर खाने गर्नुपर्छ ।
–    खाना पकाउने सबैभन्दा उत्तम भाँडो भनेको माटोको हो । यदि माटोको भाँडो छैन भने पित्तलको प्रयोग गर्न सकिन्छ । पित्तलको पनि छैन भने फलामको र फलाम पनि छैन भने मात्रै स्टिलको प्रयोग गर्नुपर्छ ।
–    आल्मुनियमका भाँडोमा पाएको खाना भरिसक्के खानु हुँदैन ।
–    डायबेटिजका रोगीले माटोको भाँडोमा खिचडी पकाएर खानु राम्रो हुन्छ ।
–    ईष्र्या, तनाव, चिन्ता, घृणाजस्ता मानसिक विकारले शरीरमा सुगरको मात्रा बढाउँछ । त्यही भएर यस्ता दुर्गुण हटाउन प्रयत्न गर्नुपर्छ । त्यसका लागि योग सहायक हुन सक्छ ।
–    भोक नलागीकन खाने गर्नु हुँदैन । डायबेटिजका रोगीले खाना खाँदाखेरि सकेसम्म थोरै पानी पिउनुपर्छ । भोजन गरेको एक घण्टापछि मात्रै पानी पिउनुपर्छ ।

 

 

Leave A Comment