लाहुरे शिशिर

सोमबार, २० असार २०७३, ०१ : ५९ शुक्रवार
लाहुरे शिशिर

अभिनेता शिशिर भण्डारी आइतवार दिउँसो निकै फरक अवतारमा देखिए । राजधानीमा आयोजित उनी अभिनीत फिल्म ‘सुन्तलीलाई भगाई लग्यो झिल्के’को प्रेस–मिटमा उनी कार्यक्रम चलाइरहेका थिए । त्यो पनि काँधमा रेडियो र कम्मरमा खुकुरी भिरेर । उनले त्यसो किन गरिरहेका थिए त ? सबैमा कौतूहल थिए ।

पछि थाहा भयो– उनले फिल्ममा रहेकै चरित्र लाहुरे बनेर कार्यक्रम चलाएका रहेछन् । उनी फिल्ममा सुन्तली र झिल्केको प्रेममा भिलेन छन् । भीजे समेत रहेका उनले रेडियो बोकेर कार्यक्रम चलाउँदा हात दुखेको तर मज्जा आएको बताए । शिशिर पछिल्लो समय फरकफरक भूमिकामा फिल्ममा देखिन थालेका छन् ।

विशेष गरी कमेडीमा जम्दै गरेका उनले ‘सो सिम्पल’, ‘होस्टेल’, ‘बिर्खेलाई चिन्छस्’, ‘नाइँ नभन्नू ल ४’ आदि फिल्ममा अभिनय गरेका छन् । यतिबेला साउन २१ गतेदेखि प्रदर्शन हुने ‘सुन्तलीलाई भगाई लग्यो झिल्के’को प्रचारप्रसारमा दौडिरहेका छन् । ऋषिराज आचार्यको निर्देशन रहेको यो फिल्ममा सुशील सिटौला, सुरजनी केसी, सुशान्त कार्की र रिजा भुसालको समेत अभिनय रहेको छ ।

 

Leave A Comment