अवार्डका एक्ला दाबेदार

आइतबार, ११ असार २०७४, १२ : ३५ शुक्रवार , Kathmandu
अवार्डका एक्ला दाबेदार

दीपक–दीपाको अवार्ड मोह अचम्मको छ । जब–जब अवार्ड कार्यक्रम आयोजना हुन्छन्, विवाद दीपक–दीपासँगै जोडिएर आउँछन् । गत शनिबार भएको एनएफडिसीको अवार्ड पनि दीपक–दीपाकै कारण विवादित बन्यो । मनोनयनमा परेका केही विधामा अवार्ड नपाएपछि जोडी अवार्ड नसकिँदै निस्कियो र हामी अवार्डमा ताली बजाउन गएका हैनौं भन्ने स्टेटमेन्ट आयोे ।
त्यसो त दीपक–दीपाले पहिलो पल्ट आफूले अवार्ड नपाएपछि बहिस्कार गरेका हैनन् । अघिल्लो साल पनि कामना अवार्ड चलिरहँदा केदार घिमिरेको साटो हास्य विधामा विल्सन विक्रम राईले अवार्ड पाएपछि दीपक–दीपा बीचमै उठेर हिँडेका थिए । त्यसैगरी सिक्किममा भएको इनास अवार्डमा पनि आफूले अवार्ड नपाएपछि जोडी अवार्ड छाडेर हिँडेको थियो ।
गत शनिबार पनि जोडी संगीत र पटकथा विधामा पनि अवार्ड पाउने आश गरेर गएको थियो तर दुवै विधामा ‘पुरानो डुंगा’ले अवार्ड पाएपछि दीपक–दीपालाई भाउन्न भयो । तर दीपक–दीपा सबै विधामा अवार्ड पाउनु पर्छ भन्ने भ्रम किन पाल्छन्, यही बुझी नसक्नु छ । संगीतमा उनीहरुको फिल्मझैं ‘पुराना डुंगा’ कम दाबेदार थिएन । पटकथामा पनि  ‘पुरानो डुंगा’ वा ‘छक्कापञ्जा’भन्दा ‘जात्रा’ बढी दाबेदार थियो । चित्त दुखाउनै परे ‘जात्रा’ले दुखाएको भए सुहाउँथ्यो तर दुख्यो दीपक–दीपाको मन । कहिलेसम्म दीपक–दीपाले आफूलाई अवार्डको एक्लो दाबेदार ठानिरहने ? कतै हुटिट्याउँले आकाश थामेको छु भनेझैं दीपक–दीपालाई पनि आफू मात्र बेस्ट भन्ने भ्रम त छैन ?

Leave A Comment