साप्ताहिक राशिफल

सोमबार, २० असार २०७३, ०२ : २४ शुक्रवार , Kathmandu
साप्ताहिक राशिफल

साताका व्रत–पर्व र शुभ साइत        
असार १७ देखि २३ गतेसम्म ।
१७ गते शुक्रवार वैष्णवनाम एकादशी ।
१८ शनिवार शनि प्रदोष व्रत ।
२० गते सोमवार अमावस्या ।
मेष राशि
व्यापार–व्यवसायमा सफलता पाइनेछ । यात्राबाट लाभ मिल्नेछ । अध्ययन–अध्यापनमा सफलता मिल्नेछ । अचल सम्पत्ति किनबेच हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । आयआर्जनमा अवरोध आउने देखिन्छ । चञ्चलता बढ्नेछ । नयाँ काम गर्ने अवसर मिल्नेछ । कुरा काट्नेहरू बढ्नेछन् । साथीभाइबाट धोका पाइएला । दाम्पत्य जीवन सुखमय रहला ।
वृष राशि
पठन–पाठनमा रुचि बढ्नेछ । राजनीतिक विवाद बढ्नाले मन विचलित रहनेछ । व्यापार–व्यवसायमा सामान्य लाभ मिल्नेछ । स्वास्थ्य सामान्य रहनेछ । रमाइलो यात्रा गरिएला । सन्तानबाट कार्यमा सहयोग प्राप्त हुनेछ । मांगलिक कार्यमा सहभागी हुनुपर्ला । गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ । आयआर्जनमा व्यवधान आउनेछ । प्रेमी–प्रेमिकाबीच सम्बन्ध सुमधुर रहला ।
मिथुन राशि
विवाहेतर व्यक्तिसँगको सम्बन्धमा विस्तार हुनेछ । कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या देखापर्नेछ । प्राविधिक अध्ययन–अध्यापनमा सामान्य रहनेछ । वैदेशिक यात्राको अवसर जुट्नेछ । सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ । अध्ययन–अध्यापनमा झुकाव नरहला । सवारी साधन चलाउँदा सावधान रहनुहोला । विदेश व्यापारमा प्रशस्त लाभ मिल्नेछ । जागिर पाउने योग छ ।
कर्कट राशि
सामाजिक कार्यमा समय बित्नेछ । पति–पत्नीबीचको सम्बन्धमा सुधार आउनेछ । वैदेशिक यात्राको अवसर जुट्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । अध्ययन–अध्यापनमा प्रगति हुनेछ । राजनीतिक कार्यमा लोकोपवाद लाग्ने योग छ, सावधानी अपनाउनुहोला । मानसम्मान पाइनेछ । स्वास्थ्यमा समस्या देखापर्नाले चिन्ता बढ्नेछ । आफन्तको सहयोगले अधुरा कार्य बन्नेछन्् ।  
सिंह राशि
आयआर्जनमा सुधार आउला । पैतृक सम्पत्ति खर्च हुने देखिन्छ । वैवाहिक सम्बन्धमा कटुता आउने योग छ । जागिरमा पदोन्नति र सफलता प्राप्त हुनेछ । व्यक्तित्व विकासको अवसर मिल्नेछ । विशिष्ट कार्यको थालनी हुनेछ  । मुद्रा, पद प्रतिष्ठा प्राप्त हुने देखिन्छ । विश्वासपात्रले धोका दिने योग रहेको हुँदा सावधान रहनुपर्नेछ ।
कन्या राशि
आफन्तको शुभ कार्यमा सहभागी हुने अवसर मिल्ला । दैनिक कार्यमा स्वास्थ्यका कारणले समस्या देखापर्ला । पैतृक सम्पत्तिमा झैझगडा, मनमुटाव बढ्ने देखिन्छ । अध्ययन–अध्यापनमा सफलता मिल्नेछ । साथीभाइ तथा भाइबहिनीसँगको सहकार्यले आर्थिक सफलता हासिल हुनेछ । शारीरिक सौन्दर्य तथा व्यक्तित्व विकासमा कुशलता थपिनेछ ।  व्यापार–व्यवसाय तथा आर्थिक क्षेत्रमा सुधार आउनेछ ।
तुला राशि
अध्ययन–अध्यापनमा मन जाला । अनावश्यक खर्चमा नियन्त्रण हुनेछ । दाजुभाइसँगको सम्बन्धमा सुधार आउनेछ । रमाइलो यात्राको सम्भावना देखिन्छ । कृषि कार्यमा लाभ मिल्नेछ । अचल सम्पत्तिको कारोबार बढ्नेछ । वैदेशिक व्यापारमा प्रगति हुनेछ । साहित्य लेखन वा सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा सामान्य समस्या देखापर्नेछ ।
वृश्चिक राशि
कर्मप्रति निष्ठा बढ्नेछ । व्यापार–व्यवसायमा सफलता मिल्नेछ । अध्ययन–अध्यापनमा विशिष्टता हासिल हुने देखिन्छ । आँखा तथा नाकसम्बन्धी समस्याले सताउने देखिन्छ । सरकारी क्षेत्रबाट आयआर्जनमा अंकुश लाग्न सक्ने हुँदा सावधान रहनु उचित होला । वैदेशिक व्यापारमा लाभ होला । पारिवारिक सम्बन्धमा सुधार आउने देखिन्छ । प्रशासनिक कार्यमा सफलता मिल्नेछ ।
धनु राशि
आयआर्जनमा सुधार हुनेछ । खिन्नता बढ्नेछ । विचारको अपरिपक्वताले कार्यमा आलस्य बढाउला । गरेका कार्यहरू अधुरै रहने देखिन्छ । कृषि कार्य तथा विदेश प्रवासमा रहने योग छ । वैवाहिक सम्बन्ध सामान्य छ । छाला तथा गलाको समसयाले सताउला । सामाजिक कार्यमा समय व्यतीत होला । अध्ययन अध्यापनमा सुधार आउला ।
मकर राशि
गरेका कार्यप्रति सन्तुष्टि रहला । वैदेशिक यात्रा अपेक्षाकृत सुगम रहला । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । प्रेम प्रस्ताव आउनेछ । कसैलाई झट्टै विश्वास गरिहाल्नु उचित देखिँदैन । सञ्चित धन क्षयको योग छ । मित्रजनको सहयोगले कार्यमा सहजता आउला । राजनीतिक काममा अनावश्यक विवाद होला । साझेदारी व्यवसायमा सामान्य अड्चन देखापर्नेछ ।
कुम्भ राशि
पैतृक सम्पत्तिको आर्जन हुने देखिन्छ । साथीभाइले धोका दिन सक्छन्, सावधान रहनुहोला । व्यापारमा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या देखिएला । आयआर्जनमा अवरोध आउनेछ । विलासिताका वस्तुमा खर्च हुनेछ । खर्च बढ्नेछ । जागिर तथा रोजगारमा पदच्युतको अवस्था आउला । यात्रामा बाधा आउनेछ भने शत्रु बढ्नेछन् । अध्ययन–अध्यापनमा सफलता मिल्नेछ ।
मीन राशि
आफन्तमा मन मुटाव तथा झैझगडा हुने देखिन्छ । वैदेशिक व्यापारमा लाभ हुनेछ । जागिरमा पदोन्नति हुने देखिन्छ । चोटपटक लाग्ने योग छ । अध्ययन–अध्यापनमा सफलता मिल्नेछ । दिदीबहिनीको सहयोगले विशिष्ट कार्य प्रारम्भ होलान् । सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ । दाम्पत्य जीवनमा सुखमय रहला । पेट तथा कम्मरसम्बन्धी समस्याले सताउला ।

 

Leave A Comment