फिल्म हैन निशाको आफ्नै झ्यानाकुटी

बिहिबार, १५ असार २०७४, १२ : ५३ शुक्रवार , Kathmandu
फिल्म हैन निशाको आफ्नै झ्यानाकुटी

भर्खरै मात्र हो, अभिनेत्री निशा अधिकारीले आफ्नै लगानीमा ‘झ्यानाकुटी’ शीर्षकको फिल्मको सुटिङ सकाएको तर फिल्म पूरा नहुँदै निशाले आफैं झ्यानाकुटी गर्ने निर्णय गरेकी छन् । फिल्म भदौ ८ मा प्रदर्शन हुँदैछ तर निशा यही असार १६ गते नै विवाह बन्धनमा बाँधिदैछिन् । निशाले क्रिकेटर शरद भेषवाकरसँगको प्रेमलाई विवाहमा रुपान्तरण गर्न लागेकी हुन् ।
शरद र निशाको बीचमा बे्रकअपको हल्ला थियो । सामाजिक सञ्जालमा आफ्नो प्रेम पोख्दै आएको जोडीले पछिल्ला दिनमा सँगै रहेका तस्बिर सार्वजनिक गरेका थिएनन् । तर, दुई हप्ताअघि मात्र ओशो तपोवनमा सँगै ध्यान गरेको तस्बिर सार्वजनिक भएपछि दुवैको बीचमा प्याचअप भएको शंका गरिएको थियो तर शरद र निशाले एक कदम अघि बढेर विवाह नै गर्ने घोषणा गरे ।
सञ्चारमाध्यममा अहिले दुवैको विवाहसँगै उनीहरुको निम्तो पत्रले चर्चा पाइरहेको छ । क्रिकेटको दुनियाँ झल्काउने कार्डलाई धेरैले रचनात्मक भन्दै तारिफ गरेका छन् ।
 भारतमा अभिनेत्री र क्रिकेट खेलाडीको रोमान्सको इतिहास लामो छ । नेपालमा भने शरद र निशाले यसको सुरुवात गरेका छन् । हेर्नुछ, उनीहरुको यो जोडी कति आदर्श हुनेछ ?

 

Leave A Comment