पहिला हिरोइन आउट, अहिले निर्देशक

शनिबार, २४ असार २०७४, १२ : ४६ शुक्रवार , Kathmandu
पहिला हिरोइन आउट, अहिले निर्देशक

झगडिया निर्माताको रुपमा परिचित छन्, सुनिल रावल । कहिले कलाकार, कहिले पत्रकार त कहिले आफ्नै निर्देशकसँगको झगडाका कारण रावल समाचारमा छाइरहन्छन् । उनको पहिलो फिल्मका निर्देशक सुरज सुब्बादेखि पछिल्लो फिल्म ‘सायद २’ का निर्देशकसम्म पनि हार्दिक सम्बन्ध छैन । भर्खरै मात्र पनि रावलले आफ्नो फिल्म ‘लाउरे’बाट निर्देशक निगम श्रेष्ठलाई हटाएको खबर छ ।
उद्योगमा व्याप्त समाचार अनुसार फिल्मको केही प्रतिशतको मात्र सुटिङ बाँकी रहँदा निर्माता रावल र निर्देशक श्रेष्ठबीच गम्भीर मतभेत भएपछि श्रेष्ठलाई  रावलले हटाएका छन् । मतभेदको कारण भने बाहिरिएको छैन । तर, अपुष्ट खबर अनुसार ५ लाख खर्चेर बनाएको सेटमा खिचिएको सिन कन्टिन्युटी नमिलेका कारण काम नलाग्ने भएपछि यही विषयलाई लिएर दुवैबीच झगडा सुरु भएको थियो ।  
रावलले कसैलाई प्रोजेक्टबाट आउट गरेको यो पहिलो घटना भने होइन । उनले यसअघि पनि ‘सायद २’ खेल्ने निधो भएर वर्कसपमा समेत बसेकी सन्ध्या केसीलाई अन्तिम समयमा फिल्मबाट हटाएका थिए ।  

 

Leave A Comment