एप्पलले अंग दानसम्बन्धी स्वास्थ एप ल्याउदै

बुधबार, २२ असार २०७३, ११ : १२ शुक्रवार , Kathmandu
एप्पलले  अंग दानसम्बन्धी स्वास्थ एप ल्याउदै

विश्व बजारमा सर्वाधिक लोकप्रिय मोवाइल कम्पनी एप्पलले  छिटै स्वास्थसम्बन्धी  नयाँ एप ल्याउने जनाएको छ । यसै वर्षको अन्त्य सम्ममा प्रयोगमा  ल्याइने उत्त स्वास्थ एपमा साइइ अप गरेर  आइफोनका प्रयोगकर्ताहरुले अंग दाता बन्नका लागी रजिस्टे«शन गर्न  सक्ने कम्पनीले जनाएको छ ।   प्रयोगकर्ताहरुले आखाँ र टिस्यु दान गर्न सक्नेछन् ।
 कम्पनीले प्रयोगकर्ताहरुहरुले रजिस्टेशन मार्फत उपलब्ध गराएको जानकारीहरु गैर नाफाम¬लक सस्था डोनेट लाइफ अमेरिकाले संचालन गरीरहेको नेशलन डोनेट लाइफ रजिस्ट्रीमा बुझाउने छ ।
उत्त स्वास्थ एप एप्पलले चाडै नै बजारमा ल्याउन लागेको आइओएस १० को फिचरका रुपमा रहने छ । एप्पलका सीइओ जेफ विलियम्सले मंगलबार एक विज्ञप्तीमार्फत एप्पल प्रयोगकर्ताले स्वास्थ एपको प्रयोग गरी  अंग दान सम्बन्धी  शिक्षा र जनचेतना  दिइने जानकारी गराए ।
त्यस्तै एप्पलले आफ्नो फिजीकल स्ट्याटसका बारेमा जानकारी दिने अन्य टेक्नोलोजकिो पनि विकास गरेको जनाएको छ । उसले एप्पल वाच, रिर्सचकिट र केयरकिटको विकास गरेको जनाएको छ । एप्पल वाच इलिपेटिक सिजुरको अवधी र तिब्रताका बारेमा जनाकारी दिने छ । त्यस्तै रिर्सचकिटले भने अंगदान तथा स्वास्थ योजना र शिक्षाका बारेमा जानकारी उपलब्ध गराउने छ । आफ्नो व्यत्तिगत  स्वास्थका बारेमा जनकारी दिनेछ ।

Leave A Comment