साम्राज्ञी डुबाउने खेल ?

आइतबार, २५ असार २०७४, ०१ : १४ शुक्रवार , Kathmandu
साम्राज्ञी डुबाउने खेल ?

‘ड्रिम्स’ रिलिज भएको दुई वर्ष हुन लागिसक्यो, साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित  दोस्रो फिल्म दर्शकले देख्न पाएका छैनन् । गीत र टिजरमा उनलाई हेरेर चित्त बुझाइरहेका छन् । तर, भदौ र असोज महिना साम्राज्ञीमय हुने भएको छ । दुई महिनाभित्रमा उनका तीन फिल्म रिलिज हुने भएका छन् ।
साम्राज्ञी अभिनित ‘ए मेरो हजुर २’ अलि अघि नै भदौ १६ मा प्रदर्शन मिति तोकिएको थियो । त्यसको केही समयपछि नै ‘मंगलम्’ ले असोज ११ मा प्रदर्शन हुने घोषणा ग¥यो । शुभचिन्तक साम्राज्ञीका ब्याक टु ब्याक फिल्म रिलिज हुन लागेकोमा चिन्ता गरेर बस्न पाएका थिएनन्, साम्राज्ञी अभिनित अर्को फिल्म ‘तिमीसँग’ ले भदौ ८ मा हलमा आउने घोषणा गरेको छ । यसरी साम्राज्ञी अभिनित तीन वटै फिल्म हप्ता दुई हप्ताको बीचमा रिलिज हुने भएपछि धेरैले यसलाई निर्माताको लडाइँमा साम्राज्ञी पिसिन लागेको अर्थ लगाएका छन् ।
कुनै पनि कलाकारको फिल्म हप्तैपिच्छे रिलिज हुनु राम्रो होइन । अझ फ्यान फलोइङ भएका कलाकारका फिल्म जति प्रतिक्षित भए, उति फिल्मलाई फाइदा हुन्छ । साम्राज्ञीले पहिलो फिल्मबाट राम्रै फ्यान कमाएकी छन् तर निर्माताले उनकै फ्यान क्यास गर्ने दाउमा एकै समयमा फिल्म रिलिज गर्ने भएपछि साम्राज्ञीलाई भने आफ्नै फिल्म नखाउँ भने दिनभरको शिकार, खाउँ भने कान्छा बाउको अनुहार भएको छ  ।

Leave A Comment