रातिको भोजन यसरी गर्ने

बिहिबार, २३ असार २०७३, १२ : ४६ शुक्रवार , Kathmandu
रातिको भोजन यसरी गर्ने

–    रातिको भोजन सकेसम्म हल्का गर्ने । किनकि, राति शरीरलाई बढी ऊर्जा चाहिँदैन ।
–    भोजनमा कार्बोहाइड्रेट र बोसोयुक्त खाना कम खाने ।
–    रातिको खानामा भात, तारेको–भुटेको खाना, माछामासु, गालेको अचार आदि भरसक नखाने ।
–    हरियो सागपात, रोटी, सुप, दाल आदि रातिको खानाका लागि उत्तम मानिन्छन् ।
–    रातिको खाना खाएपछि सीधै ओछ्यानमा गएर नपल्टिने ।
–    खाना खाएको तीन घण्टापछि मात्रै सुत्न जाने ।
–    खाना खाएपछि हल्का हिँड्डुल गर्नु उपयुक्त हुन्छ । हिँड्डुल नगर्ने हो भने हल्का नृत्य गर्नु लाभदायक हुन्छ ।
–    रातिको खानासँग भरसक पानी नखाने । खाना खानसाथ पनि पानी नखाने । सकेसम्म खाना खाइसकेको एक घण्टापछि पानी खाने ।

 

Leave A Comment