यौन, यौवन र सम्भोग एउटै हो भन्ने भम्र धेरैलाई छ तर त्यसो होइन । ‘यौन’ मानिसको व्यवहार र सोचलाई प्रभावित गर्ने विशिष्ट स्वभाव हो । ‘यौवन’ मानवजीवनको त्यस्तो समय हो, जुन बेला यौनको प्रभाव प्रखर हुन्छ । ‘सम्भोग’ मैथुनको उन्नत अवस्था हो, जसमा पुरुष र स्त्रीका शारीरिक र भावनात्मक प्राथमिकता केही क्षणका लागि एकाकार हुन्छन् र एकअर्काको सान्निध्यमा मौलाउँछन् ।
सम्भोग भावनात्मक संवेगबिना सम्भव हुँदैन । न्यूनतम यान्त्रिक प्रक्रियासँग अधिकतम भावनात्मक संवेगहरुको समन्वयबाट पनि सम्भोग सम्भव छ । एक अर्थमा यान्त्रिक प्रक्रियाबिना पनि सम्भोग हुन सक्छ तर मैथुनमा अधिकतम यान्त्रिक भावनात्मक संवेगको समन्वय भए मात्र पुग्छ । यस अर्थमा मैथुन यान्त्रिक विधिप्रधान प्रक्रिया हो । मैथुनमा शरीर र मन एकाकार हुनु जरुरी हुँदैन; शरीर र मन एकाकार नभए सम्भोग हुँदैन । मैथुनको प्रयोजन सन्तानप्राप्ति हो । सम्भोगको प्रयोजन पुरुषŒव र नारीŒवबीचको प्रमुख भौतिक अभिव्यक्ति हो । दोहोरो मानसिक संलग्ताबिनाको सम्भोग मैथुन मात्र हो । विधिको मात्र महत्व रहने हुनाले मैथुन एकोहोरो पनि हुन सक्छ ।
सम्बद्ध दुवै पक्षको ‘सम’ अर्थात् बराबरी र ‘भोग’ अर्थात् प्रयोजनको विषय भएकाले ‘सम्भोग’मा दुवैको संलग्नताको पारस्परिक अनुभूति न्यूनतम सर्त हो । शारीरिक पक्ष गौण राखेर पनि यस्तो संलग्नता सम्भव छ । मानिसमा प्रेमको भावनात्मक अभिव्यक्तिले आफ्नो शिखर छोएका वेला ज्ञानेन्दि«यहरुले पनि त्यसको अनुभूतिको चाहना राख्छन् । अनि प्रेमको भौतिक स्वभावले आफ्नो प्राथमिकतालाई प्रधान बनाउँदै लैजान्छ । आँखआँखा बीचको हेराइले प्रेमपूर्ण कटाक्षको रुप धारण गर्छ । बोलीले मात्र पनि यौन वा पे्रमका संवेगलाई तीखो पार्ने र तिनको अनुभूतिले रोमाञ्च पैदा गर्न सक्छ । आफ्नो परिचित व्यक्तिको गन्ध वा विपरीतलिङ्गीका स्वाभाविक अथवा श्रृङ्गारिक गन्धले भौतिक निकटताको आतुरीलाई बढाउँछन् ।
स्पर्शले पुरुषलाई नारीसुलभ कोमलताको अनि नारीलाई पुरुषसुलभ कठोरताको यथार्थ अनुभूति दिन्छ । संवेदनाका नशाहरु अझ बढ संवेदनशील हुन्छन् । सुम्सुम्याइले स्पर्शको एकनासेपनमा एकअर्काको प्रत्येक अङ्गको स्पर्शसुख थपेर एकअर्काको स्पर्शमा विविधताको रस र गहिराइ थप्छ । चुम्बनले अत्यधिक निकटताको अनुभूति गराउँछ । साथै, प्रेमको उत्कर्षले आपसी निकटता प्रगाढ भएको सङ्केत पनि दिन्छ । यसरी भावनात्मक निकटताबोधमा दुवै पक्षबाट प्रकट हुने आतुरीले मानव सम्बन्धको यस विशिष्ट रुपलाई अझ सुन्दर बनाउँछ ।
लिङ्गको योनिभित्र प्रवेशको चरण अझ निकट हुने मानवीय चाहनाको अर्को कोसेढुङ्गो मात्र हो । त्यो पनि सम्भोगकै एउटा साधन हो । त्यो आफूैंमा साध्य होइन । साध्य त सम्भोगको अनुभूति हो जो परिस्थितिअनुसार त्यसअघिका कुनै पनि चरणका पूर्ण भएको अनुभव दुवै पक्षले गर्न सक्छन् । अथवा त्यसपछि पनि आफूले खोजेको अनुभव पूर्ण हुन नसकेको अनुभवले दुवैलाई मुखमैथुन, आसन परिवर्तन वा सम्पूर्ण सिलसिलाको पुनरावृत्तितर्फ लैजान सक्छ । यसमा यान्त्रिक विधिजस्तो यसपछि यो आउनुपर्छ र यसअघि यो हुनुपर्छ भन्ने नियम हुँदैन ।
उल्लिखित सबै चरण पूरा नगरी पनि आपसी सहमतिमा सम्भोग पूरा हुन सक्छ । स्पर्श पनि आफैँमा पूर्ण सम्भोग हो । कटाक्ष पनि परीस्थिति र अनुभूतिअनुसार कहिलेकाहीँ संवाद मात्र पनि उत्कृष्ट सम्भोग हुन सक्छ । सर्त एउटै छ– अनुभूति दोहोरो हुनुपर्छ । सम्भोगको साध्य पनि त्यही नै हो । अरु सबै साधन हुन् । मैथुनमा भने सबै यान्त्रिक विधान पूरा हुनैपर्छ । त्यसमा तलमाथि हुनु हुँदैन । त्यसमा दोहोरो अनुभूति नभए पनि हुन्छ । मैथुनमा स्खलन साध्य हो, अरु सबै साधन हुन् । सृष्टिको निरन्तरताका लागि मैथुन बढी महत्वपूर्ण छ । दाम्पत्य निरन्तरताका लागि मानवीय संवेदनाको उच्चतम रुप सम्भोग बढी महत्वपूर्ण छ ।
पोखरेलको पुस्तक ‘सृष्टिको रोमान्स’ प्रकाशित छ ।
Leave A Comment