दाँतको समस्या

मङ्गलबार, ०३ साउन २०७४, ०२ : १४ शुक्रवार , Kathmandu
दाँतको समस्या

डा. उज्ज्वल जोशी
किस्ट मेडिकल कलेज

दाँत वा गिजाको रोगको मूल कारण खाना खाइसकेपछि ब्रस नगर्नु नै हो । हामीले खाना खाइसकेपछि ब्रस गर्दा कतिपय अवस्थामा मिलाएर गर्दैनौँ । हामीले ब्रसलाई ४५ डिग्री कोणको ब्रस मिलाएर गर्नुपर्छ । अर्को कुरा राति सुत्ने बेलामा हामीले गुलियो खानु हुँदैन । जसलाई चिनी रोग छ, उसको गिजाको समस्या हुन्छ ।
प्रायः दाँतको समस्या अन्तिम अवस्थामा मात्र हुने गर्छ । दाँत वा गिजाको समस्या भनेको सबैभन्दा उपेक्षित समस्या हो । श्वास गन्हाउँछ, हामीले मतलब गर्दैनौँ, गिजा दुख्न थाल्छ, त्यैपनि हामी टेर्दैनौँ । जब दाँत हल्लिन थाल्छ अनि मात्र हामी गम्भीर हुन थाल्छौँ । दाँत हल्लिएर निकाल्नुपर्ने अवस्था भनेको दाँतको सबैभन्दा अन्तिम अवस्था हो । हामी सबैभन्दा अन्तिम अवस्थामा चिकित्सककहाँ पुग्छौँ ।
त्यसैले दाँतका समस्यामा हामीले गम्भीर हुनै पर्छ । तपाईंको श्वास विभिन्न कारणले गन्हाएको हुन सक्छ । एउटा कारण पेटकै कारण हुन सक्छ । पेटबाहेक जब मुखमा हुने ससाना कारणले श्वास गन्हायो भने त्यसले दूरकालमा तपाईंको दाँतलाई गम्भीर समस्यामा पार्ने निश्चित छ । त्यसैले श्वास गन्हाउँदा मुखमा निस्कने ससाना खटिरा, घाउ, गिजाबाट आउने रगतजस्ता कुराहरुलाई तपाईंले उपेक्षा नगर्नु नै बेस हुन्छ ।

Leave A Comment