घरमा कसरी मेकअप गर्ने

आइतबार, ०८ साउन २०७४, ०३ : ११ शुक्रवार , Kathmandu
घरमा कसरी मेकअप गर्ने

मेकअपले मानिसको सुन्दरतालाई बढाउने काम गर्छ । मेकअप बिनाको अनुहारमा चमक हुँदैन । मेकअपले मान्छेको पूरै बान्कीलाई नै परिवर्तन गरिदिन्छ । चाहे अफिस होस् वा कलेज होस्, हरेक ठाउँमा जादाँ मेकअप गर्नु जरुरी हुन्छ । मेकअक गर्नु पनि कला हो । कहिलेकाहीँ मेकअप गर्ने सही तरिका जानिएन भने त्यसले अनुहारलाई विकृत पनि पार्ने गर्छ । मेकअप गर्दा त्यसका बारेमा हेर्दा सामान्य लाग्ने तर अत्यावश्यक कुरा जान्न जरुरी हुन्छ । नत्र तपाईंको सानो गल्तीले  तपाईंको अनुहार बिग्रन सक्छ ।
रातिको पार्टीमा जानु छ भने मेकअप अलि बढी भएर केही फरक पर्दैन । दिउँसोको पाटीमा जाँदै हुनुहुन्छ भने  अलि कम मेकअप प्रयोग गर्दा राम्रो हुन्छ । पार्टी मेकअप भनेको ब्युटी पार्लर जानु मात्रै होइन । मेकअपको सही तरिका थाहा भयो भने घरमै मेकअप गर्ने सक्नु हुन्छ ।
दिउँसोका लागि मेकअप गर्दै हुनहुन्छ भने त्यसको फिनिसिङ राम्रो हुनुपर्छ । त्यसको लागि सबैभन्दा पहिले अनुहारलाई राम्रोसँग सफा गर्नुपर्छ । त्यसपछि अनुहारमा टोनरको प्रयोग गर्नुपर्छ । टोनरको प्रयोगले पसिना र पानीले मेकअप बिगार्दैन । त्यसैले मेकअप लगाउनुअघि अनुहारलाई ‘क्लिजिङ’  वा ‘टोनिङ’ गर्नुपर्छ । तपाईंले गरेको मेकअपअनुसार नै हेयर स्टाइल पनि मिलाउनु पर्छ ।
अनुहारमा टोनर लगाइसकेपछि, अनुहारमा र ओठमा राम्रोसँग मोस्चराइजर लगाउनु पर्छ । ओठमा राम्रोसँग मोस्चराइजर लगायो भने लिपिस्टिक लगाउँदा ओठ फाटेजस्तो देखिँदैन । कहिलेकाहीँ समय अभावका कारण मानिसहरु आफ्नो अनुहारको हेरचाह राम्रोसँग गर्न सक्दैनन् । जसले गर्दा आँखामा डार्क सर्कल हुने, अनुहारमा दाग र चाउरिनेजस्ता समस्या देखिन सक्छ । यसलाई लुकाउन फाउन्डेसन प्रयोग गर्न सकिन्छ । तपाईंले ब्रसले फाउन्डेसन लगाउँदै हुनहुन्छ भने ब्रसलाई थिचेर नलगाउनुस् ।
अनुहारमा पाउडर लगाएपछि मेकअप ज्यादै राम्रो देखिन्छ तर पाउडर लगाउँदा पूरै अनुहारमा मिल्दो र सन्तुलन मिलाएर लगाउनु पर्छ । आँखामा गाजल लगाइसकेपछि आँखामा  ‘मसकरा’ लगाउन सकिन्छ । आँखाको मेकअप गर्दा चल्तीअनुसार लगाउनुपर्छ । ब्लसले तपाईंको लुकलाई परफेक्ट बनाइदिन्छ । लिप लाइनरको कलर र लिपिस्टिकको रङ एउटै हुनुपर्छ पनि बुझ्न जरुरी छ ।

 

Leave A Comment