दोहोरो ईन्द्रेणीमा रमाएका जेट ली

बिहिबार, १२ साउन २०७४, ०२ : ०९ शुक्रवार , Kathmandu
दोहोरो ईन्द्रेणीमा रमाएका जेट ली

केही साताअघि चिनियाँ फिल्मका स्टार जेट ली नेपाल भ्रमणमा आएको खुलासा भएको छ । उनले आफ्नो ब्लगमा नेपाल र भुटानको भ्रमणका तस्बिर राखेपछि यस कुराको खुलासा भएको हो । बौद्ध धर्मावलम्बी जेट ली नेपालमा रहँदा विभिन्न बौद्ध मठको भ्रमण गरेका थिए ।
खासगरी उनले बौद्ध गुरु पद्मसम्भव महामुद्राको अवस्थामा रहेको फर्पिङस्थित गुम्बामा निकै रमाएका थिए । उनी हुँदा दोहोरो ईन्द्रेणी हेर्न पाएकामा पुलकित भएको उनको ब्लगमा उल्लेख छ । एक हजार वर्षअघि रिम्पोछे पद्मसम्भवले समय बिताएको ठाउँमा विरलै देख्न पाएको ईन्द्रेणी देख्न पाउँदा मन्त्रमुग्ध भएका थिए ।
उनले गएका १५ वर्षयता दोहोरो ईन्द्रेणीको रमाइलो हेर्न पाएका थिएनन् । नेपालमा यो दर्शन गर्न पाउँदा यसको खास अर्थ हुनसक्ने अनुमानसमेत लगाएका थिए । ‘यो अनुभूति शब्दमा बयान गर्न सक्दिनँ,’ उनले ब्लगमा बताएका छन्, ‘म नेपाल बसुञ्जेल बौद्ध परम्परा र शिक्षाका बारेमा २० भन्दा बढी शिक्षकहरुले आफूले जानेका गुह्य ज्ञान दिनुभएको थियो । उहाँहरुको त्यस प्रयासप्रति म कृतज्ञ छु ।’
नेपालमा रहँदा उनले ध्यानका विविध आयाम अनुभूत गरेका थिए । उनले गहन ध्यानमा छिर्ने विधिहरु सिकेका थिए ।  उनले नेपालका दुई भिन्दाभिन्दै गुम्बामा एक साता बिताएका थिए ।

 

Leave A Comment